नेभिगेशन
राशिफल

यस्तो छ २०८२ फागुन २० गते बुधबारको राशिफल

 मेष 
आजको दिन तपाईंको लागि निकै फलदायी रहनेछ । रोकिएका कामहरूमा प्रगति हुनेछ र नयाँ कार्यको थालनीका लागि वातावरण बन्नेछ । आर्थिक लाभको योग छ, तर स्वास्थ्यको भने केही ख्याल राख्नुहोला ।
वृष 
आज केही मानसिक अलमल हुन सक्छ। महत्त्वपूर्ण निर्णय लिनुअघि अनुभवी व्यक्तिको सल्लाह लिनु राम्रो हुन्छ । साथीभाइसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ। खर्चमा अलि नियन्त्रण राख्नुहोला ।
 मिथुन 
तपाईंका योजनाहरू सफल हुने दिन छ । व्यापार व्यवसायमा राम्रो मुनाफ हुनेछ । सामाजिक प्रतिष्ठा बढ्ने र नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ । परिवारमा सुखद वातावरण रहनेछ ।
 कर्कट 
आज परिश्रमअनुसारको फल प्राप्त हुनाले उत्साह बढ्नेछ । रोकिएको धन हात पर्न सक्छ। वैदेशिक क्षेत्रका काममा रहेकाहरूका लागि आजको दिन विशेष लाभदायक रहने देखिन्छ ।

 सिंह 
तपाईंको आत्मविश्वासमा वृद्धि हुनेछ । शत्रुहरू परास्त हुनेछन् र कार्यक्षेत्रमा तपाईंको प्रभाव बढ्नेछ । लामो समयदेखि अधुरा रहेका कामहरू आज सुल्झिनेछन् । प्रेम सम्बन्धमा निकटता आउनेछ ।

 कन्या 
आजको दिन सामान्य रहनेछ । अनावश्यक विवादमा फस्न सकिने भएकाले बोलीमा संयमता अपनाउनुहोला । काममा केही ढिलासुस्ती हुन सक्छ । अध्ययन अध्यापनमा लागेकाहरूका लागि भने समय राम्रो छ ।

 तुला 
आज मनोरञ्जन र यात्रामा समय बित्नेछ । आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। विपरीत लिङ्गी साथीको सहयोगले महत्त्वपूर्ण काम सम्पन्न हुनेछ । उपहार वा प्रशंसा प्राप्त हुन सक्छ ।

 वृश्चिक 
आजको दिन केही चुनौतीपूर्ण हुन सक्छ । स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले खानपान र आराममा ध्यान दिनुहोला । आर्थिक लेनदेनमा पनि विशेष सावधानी अपनाउनु उपयुक्त हुनेछ ।

 धनु 
रचनात्मक काममा रुचि जाग्नेछ । सन्तान पक्षबाट शुभ समाचार सुन्न पाइनेछ । रोकिएका प्रशासनिक कामहरू आज सहजै बन्नेछन् । विद्यार्थी वर्गका लागि आजको दिन निकै राम्रो रहनेछ ।

 मकर 
पारिवारिक विषयलाई लिएर केही चिन्ता बढ्न सक्छ । जग्गाजमिन सम्बन्धी काममा बाधा आउने सम्भावना छ । तर, दिनको उत्तरार्धमा परिस्थितिमा सुधार आउने र सोचेका कामले गति लिनेछन् ।

 कुम्भ 
तपाईंको पराक्रम र साहस बढ्नेछ । नयाँ सम्बन्धहरू गाँसिनेछन् र सहयोगीहरूको साथ मिल्नेछ। छोटो दूरीको यात्रा फलदायी रहनेछ । रोकिएको काममा आज हात हाल्दा सफलता मिल्नेछ ।

 मीन 
आज बोलीको प्रभावले धेरै कामहरू बन्नेछन् । धन सञ्चय गर्ने अवसर मिल्नेछ । परिवारका सदस्यहरूसँग रमाइलो जमघट हुनेछ । मिष्ठान्न भोजनको योग छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्