नेभिगेशन
राशिफल

यस्तो छ आज २०८२ फागुन २१ गते बिहीबारको राशिफल

मेष 
आजको दिन तपाईंको पराक्रम बढ्नेछ । रोकिएका पुराना कामहरूले गति लिनेछन् । नयाँ कार्यको योजना बनाउनुहुनेछ र साथीभाइको सहयोगले मानसिक शान्ति मिल्नेछ ।

 वृष 
आर्थिक दृष्टिकोणले आजको दिन मध्यम रहनेछ । अनावश्यक खर्च बढ्न सक्ने भएकाले बजेटमा ध्यान दिनुहोला । बोलीमा संयमता अपनाउँदा सम्भावित विवादबाट जोगिन सकिनेछ ।

 मिथुन 
तपाईंका लागि आजको दिन निकै उत्साहजनक छ । व्यापार व्यवसायमा राम्रो नाफा कमाउने समय छ । पारिवारिक सुख मिल्नेछ र टाढाको यात्राको योजना बन्न सक्छ ।

 कर्कट 
आज केही मानसिक तनाव र दौडधुप हुन सक्छ । वैदेशिक क्षेत्रका काममा सफलता मिले पनि स्वदेशमा भने खर्चको मात्रा बढ्ने देखिन्छ । स्वास्थ्यमा विशेष ध्यान दिनुहोला ।

 सिंह 
तपाईंको आत्मविश्वास बढ्नेछ । सामाजिक कार्यमा रुचि जाग्नेछ र मान–सम्मान मिल्ने योग छ । नयाँ अवसरहरू प्राप्त हुन सक्छन्, त्यसैलाई सही सदुपयोग गर्ने प्रयास गर्नुहोला ।

 कन्या 
विद्यार्थीहरूका लागि आजको दिन फलदायी रहनेछ । अध्ययनमा रुचि बढ्नेछ । परिवारसँग रमाइलो जमघटको योग छ । सरकारी वा प्रशासनिक काममा सफलता मिल्नेछ ।

 तुला 
आजको दिन मिश्रित फल दिने खालको छ । मिहिनेत अनुसारको प्रतिफल पाउन केही समय कुर्नुपर्नेछ । शत्रुहरू सक्रिय हुन सक्छन्, त्यसैले आफ्नो योजना गोप्य राख्नु नै हितकर हुनेछ ।

 वृश्चिक 
आज रचनात्मक काममा मन जानेछ । लामो समयदेखि रोकिएको धन फिर्ता आउन सक्छ । टाढाको यात्रा गर्ने योजना छ भने आजको दिन निकै उपयुक्त रहनेछ ।

 धनु 
तपाईंका लागि आजको दिन सामान्य रहनेछ । अरूको भर पर्दा काम बिग्रन सक्ने भएकाले आफ्नै विवेक प्रयोग गर्नुहोला । धार्मिक कार्यमा संलग्न हुनाले मनमा शान्ति मिल्नेछ ।

 मकर 
कार्यक्षेत्रमा केही चुनौतीहरू आउन सक्छन् । सहकर्मीसँगको सम्बन्धमा उतारचढाव देखिए पनि दिनको अन्त्यसम्ममा समस्या सुल्झिनेछ । आफन्तको सहयोगले अप्ठ्यारो परिस्थिति टर्नेछ ।

 कुम्भ 
आज तपाईंलाई भाग्यले साथ दिनेछ । नयाँ लगानीका लागि समय राम्रो छ । दाम्पत्य जीवन सुखी रहनेछ र सन्तान पक्षबाट शुभ समाचार सुन्न पाइनेछ ।

 मीन 
स्वास्थ्यमा केही समस्या देखिन सक्छ, त्यसैले आराममा ध्यान दिनुहोला । सोचेका कामहरू पूरा गर्न बढी मिहिनेत गर्नुपर्नेछ । लेनदेनको मामलामा आज सावधानी अपनाउनु बेस होला ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्