नेभिगेशन
राशिफल

यस्तो छ २०८२ चैत २ गते सोमबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
आजको दिन मध्यम फलदायी रहनेछ। काममा केही ढिलासुस्ती हुनसक्छ, तर धैर्यताले सफलता दिलाउनेछ। स्वास्थ्यमा सामान्य सुधार आउनेछ र परिवारको साथ प्राप्त हुनेछ।

 वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 
तपाईंका लागि आजको दिन शुभ छ। रोकिएका कामहरू बन्नेछन् र नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ। आर्थिक पक्ष सबल रहनेछ भने इष्टमित्रसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ।

 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 
बोलीको प्रभाव बढ्नेछ। व्यापार व्यवसायमा राम्रो लाभ हुने देखिन्छ। सामाजिक कार्यमा रुचि बढ्नेछ र टाढाको यात्राको योजना बन्न सक्छ। विद्यार्थी वर्गका लागि अध्ययनमा प्रगति हुने समय छ।

 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
मनमा केही चञ्चलता बढ्न सक्छ। निर्णय लिनुअघि अग्रजको सल्लाह लिनु राम्रो हुनेछ। खानपानमा ध्यान दिनुहोला। प्रेम सम्बन्धमा सानातिना असमझदारी देखिए पनि छिट्टै समाधान हुनेछ।

 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला। अनावश्यक खर्च बढ्न सक्छ। कार्यक्षेत्रमा केही प्रतिस्पर्धाको सामना गर्नुपर्नेछ, तर मिहिनेतले नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ।

 कन्या (पा, पि, पु, ष, ण, ठ, पे, पो) 
आज आम्दानीका नयाँ स्रोतहरू फेला पर्न सक्छन्। अधुरा कामहरू पुरा हुनेछन्। साथीभाइको सहयोगले कठिन कार्य पनि सहजै सम्पन्न हुनेछ। दिन उत्साहजनक रहनेछ।

 तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 
सरकारी वा प्रशासनिक काममा सफलता मिल्नेछ। नोकरीमा पदोन्नति वा प्रशंसा पाउने योग छ। पारिवारिक वातावरण सुखद रहनेछ र मान–सम्मानमा वृद्धि हुनेछ।

 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
भाग्यले साथ दिनेछ। धार्मिक र आध्यात्मिक कार्यमा मन जानेछ। लामो दूरीको यात्रा फलदायी रहनेछ। रोकिएका विशेष कामहरू आज सुल्झिन सक्छन्।

 धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 
स्वास्थ्यमा केही समस्या देखिन सक्छ, सचेत रहनुहोला। गोपनीयतामा ध्यान दिनुहोस्। चुनौतीहरू आए पनि आत्मबलले त्यसलाई चिर्न सफल हुनुहुनेछ। विवादबाट टाढै रहनु उचित हुनेछ।

 मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) 
साझेदारीका काममा राम्रो लाभ मिल्नेछ। जीवनसाथीसँगको सम्बन्ध मधुर रहनेछ। नयाँ वस्त्र वा गहना खरिद गर्ने योग छ। व्यवसायिक यात्रा सफल हुने देखिन्छ।

 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 
शत्रुहरू परास्त हुनेछन् र पुराना ऋणहरू चुक्ता गर्न सहज हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। साहसी काम गरेर चर्चा कमाउन सकिनेछ। मामाघर पक्षबाट सहयोग प्राप्त हुनेछ।

 मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 
बौद्धिक कार्यमा सफलता मिल्नेछ। सन्तानको प्रगतिले खुसी तुल्याउनेछ। कला र साहित्यमा रुचि बढ्नेछ। प्रेम जीवन सुखमय रहनेछ र रचनात्मक काममा मन जानेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्