नेभिगेशन
खेलकुद

टेनिस खेलाडी छनोट

आइटीएफ एसिया यु–१२ टिम कम्पिटिसनका लागि नेपालबाट ६ खेलाडी छनोट भएका छन् । नेपाल टेनिस संघको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा मंगलबार भएको खेलबाट तीन÷तीन पुरुष र महिला खेलाडी छनोट भएका हुन् । छनोट हुनेमा आरित मल्ल, सभ्यजंग कार्की र सहंश बस्नेत तथा सारा पन्त, आर्या पौडेल र नायरासि घले छन् । पुरुषमा सात र महिलामा ६ खेलाडी छनोटमा सहभागी भएका थिए ।

प्रतियोगिता अप्रिल १३–१७ सातदोबाटोस्थित टेनिस कम्प्लेक्समै हुने संघका कार्यालय सचिव प्रवीण देवकोटाले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्