नेभिगेशन
खेलकुद

राखेपद्वारा एन्फा निलम्बित

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ । एन्फाको कार्यकारी समितिलाई तीन महिनाका लागि निलम्बन गरिएको राखेपले बुधबार जारी गरेको पत्रमा उल्लेख छ ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार एन्फाले आवश्यक प्रक्रिया नअपनाएको, निर्णयहरू कार्यान्वयन नगरेको तथा कानुनी व्यवस्था पालना नगरेको कारण निलम्बन गरेको राखेपको पत्रमा छ ।
विशेषगरी एन्फाले निर्वाचन प्रक्रिया अगाडि बढाउँदा परिषद्को स्वीकृति नलिएको र कानुनअनुसार काम नगरेको भन्दै यो कदम चालिएको परिषद्ले जनाएको छ ।
यसअघि परिषद्ले पटकपटक निर्देशन दिए पनि कार्यान्वयन नभएको, साथै महासंघको विधान र राष्ट्रिय कानुनबीच समन्वय नगरेको भन्दै अन्ततःनिलम्बनको निर्णय गरिएको राखेपद्वारा जारी पत्रमा जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्