नेभिगेशन
खेलकुद

फिफा सिरिजका लागि खेलाडी छनोट

काठमाडौं । आगामी अप्रिलमा थाइल्याण्डमा हुने फिफा सिरिजका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज प्रारम्भिक चरणमा ३२ खेलाडी छनोट गरेको छ  ।
    छनोट हुने खेलाडीहरूमा अनिता बस्नेत, अनिता केसी, अनिता लम्जेल, अञ्जना राना मगर, अञ्जिला तुम्बापो सुब्बा, अस्मिता नेपाली, बर्षा ओली, विमला विक, बिरसना चौधरी, दीपा शाही, गीता राना, हिरा भुजेल, जेनिफर राना, मनमाया दमाई, मीना देउवा र नेहाकुमारी चौधरी छन् । 
    त्यसैगरी निशा ठोकर, पूनम चेम्जोङ, प्रतीक्षा चौधरी, प्रीति राई, पूजा राना, पूर्णिमा राई, रश्मिकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटी, सबिना चौधरी, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बू, सुक्रिया मिया, सुशिलाकुमारी चौधरी र उषा नाथ छनोट भएको एन्फाले जनाएको छ ।
    उक्त फिफा सिरिज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिता हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्