नेभिगेशन
खेलकुद

गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई

धरान । धरानमा सम्पन्न चौथो संस्करणको ‘गोर्खा ट्रेल ब्लेजर’ दौड प्रतियोगितामा पुरुषतर्फ उमेश थापा र महिलातर्फको उपाधि प्रिया तामाङले जितेका छन् ।
शनिबार सम्पन्न १० किलोमिटर दौड धरानका धावक थापाले २५ मिनेट ५१ सेकेन्डमा र महिलातर्फ दार्जिलिङकी प्रिया तामाङले ३० मिनेट ४६ सेकेन्डमा उक्त दूरी पार गरे । विजेता दुवै जनालाई जनही रु २० हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको गोर्खा सिमेष्ट्रिज ट्रस्ट नेपालका अध्यक्ष महेन्द्र राईले बताए ।
    गोर्खा सिमेष्ट्रिज ट्रस्ट नेपालको आयोजनामा सम्पन्न दौड प्रतियोगिता धरान उपमहानगरपालिका–१८ स्थित रत्न चोकबाट सुरु भई मङ्गलबारे, सर्दु खोलाको नयाँ पुल हुँदै धरान–२० विष्णुपादुकास्थित भञ्ज्याङमा पुगेर समापन भएको थियो । 
    प्रतियोगितामा सुनसरी, मोरङ, झापा, पाँचथर, धनकुटालगायतका जिल्लाबाट करिब पाँच सय धावक–धाविकाको सहभागिता रहेको थियो । जीवित वीर गोर्खा सैनिकहरूको सम्मानमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद