नेभिगेशन
खेलकुद

प्रधानमन्त्री कप क्रिकेटमा गण्डकी विजयी

काठमाडौं । गण्डकी प्रदेशले एपिएफ क्लबलाई पराजित गर्दै प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ ।
    काठमाडौँको तल्लो मूलपानी मैदानमा आज भएको खेलमा गण्डकी प्रदेशले एपिएफलाई ४३ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ रोजेको गण्डकी प्रदेशले २१ ओभरमा ७ विकेट गुमाउँदै १५० रन बनायो । उसका लागि गौरव विकले ३७, अर्जुन कुमालले २५, दीपक डुम्रेले ३४ तथा कप्तान विपिन खत्रीले  अविजित २० रन जोडे । 
    बलिङतर्फ एपिएफका लागि अभिनाश बोहराले ३ विकेट लिए । 
    एक सय ५१ रनको विजयी लक्ष्य पछ्याएको एपिएफ क्लबले  १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १०७ रन मात्र बनायो । एपिएफका लागि लोकश बम र आसिफ शेखले १४÷१४ रन बनाए । कप्तान रोहितकुमार पौडेलले ३ रन मात्र बनाए । सुमित महर्जनले २२ तथा कमलसिंह ऐरीले १७ रन बनाए । 
    बलिङतर्फ गण्डकीका अपराजित पौडेल र सिब्रिन श्रेष्ठले ३÷३ विकेट लिए । त्यस्तै  सुभाष भण्डारीले २ विकेट लिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्