नेभिगेशन
अर्थतन्त्र

निर्माण व्यवसायी महासंघमा पाण्डे

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्ष पदमा निकोलस पाण्डे निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी आङदोर्जी लामालाई पराजित गर्दै ५१४ मतसहित विजय हासिल गरेका हुन् भने लामाले ४१३ मत प्राप्त गरेका छन् ।
निर्वाचित अध्यक्ष पाण्डे निर्माण क्षेत्रका सक्रिय व्यवसायीका रूपमा परिचित छन् । उनी कालिका कन्स्ट्रक्सनका सञ्चालक हुनुका साथै एएसी ब्रिक उत्पादक संघका अध्यक्ष पनि हुन् । युवा उद्यमीका रूपमा चिनिएका पाण्डेले नेतृत्व गर्दै आएको कालिका कन्स्ट्रक्सनले देशका विभिन्न ठूला पूर्वाधार परियोजनामा काम गर्दै आएको छ ।
महासंघको वरिष्ठ उपाध्यक्ष पदमा रामजी पन्त निर्वाचित भएका छन् । उनले ४७४ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै दोस्रो प्रमुख पदमा स्थान सुरक्षित गरे । महासचिव पदमा शिवहरि घिमिरे विजयी भएका छन् । उनले ५२७ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी बलिभद्र रानालाई पराजित गरे । रानाले ३८० मत पाएका थिए । यस्तै, नीतिगत उपमहासचिवमा मंगल शाही र आन्तरिक उपमहासचिवमा सन्तोस शाह निर्वाचित भएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्