नेभिगेशन
उपत्यका

अध्यागमनका दुई अधिकृतलाई कारबाही

काठमाडौं । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गैरकानूनी गतिविधि गर्ने दुई जना अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ । यूएई गइरहेका दुइ नेपालीको राहदानीमा उनीहरूले प्रस्थान छापसँगै काम गर्न नपाउने भनी जथाभावी लेखिदिएका थिए । 
विभागका प्रवक्ता एवं निर्देशक टिकाराम ढकालले नेपाली नागरिकलाई शर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएकाले त्यसविपरीत काम गर्ने दुई जनालाई जिम्मेवारीबाट हटाई आवश्यक छानबिन भइरहेको बताएका छन् । घटना छानबिन समिति पनि गठन गरिएको विभागको विज्ञप्तिमा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्