नेभिगेशन
उपत्यका

महान्यायाधिवक्ता कँडेलविरुद्ध तीन रिट

काठमाडौं । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिमा  योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा तीन  रिट निवेदन दायर भएका छन् । सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार दर्ता भएका रिटमाथि बिहीबार सुनुवाइ हुने तालिका दिइएको छ । अधिवक्ताहरु माधव बस्नेत, दिपकराज जोशी लगायतले रिट निवेदन दायर गरेका हुन् । रिट निवेदनमा महान्यायाधिवक्ताजस्तो पदमा अयोग्य व्यक्ति नियुक्त गरेको दाबी छ । प्रधानमन्त्री वालेन्द्र शाहले गत चैत २२ मा कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन् । सर्वोच्चको न्यायाधीश हुन योग्यता पुगेको व्यक्तिलाई महान्यायाधिवक्ता नियुक्त गर्नसक्ने संवैधानिक व्यवस्था छ । निरन्तर १५ वर्ष कानुन व्यवसायी भइ काम अनुभवी हुनुपर्नेमा कँडेलको योग्यता नपुग्ने रिट निवेदनमा छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्