नेभिगेशन
अर्थतन्त्र

‘सेकुवा बाई किलो’को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेस

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न ६ वटा स्थानमा सञ्चालित ‘सेकुवा बाई किलो’ नामक रेस्टुरेन्टको ब्रान्ड एम्बेसडरमा राष्ट्रिय क्रिकेट खेलाडी लोकेस बम नियुक्त भएका छन् । दुई वर्षअघि २०८१ वैशाख २५ बाट नेपालको रेस्टुरेन्ट व्यवसायमा प्रवेश गरेको ‘सेकुवा बाई किलो’ कम्पनीले बिहीबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय क्रिकेट खेलाडी बमलाई आफ्नो ब्रान्ड एम्बेसडर (एथलीट) खेलाडीको रूपमा नियुक्त भएको घोषणा गरेको हो ।
कार्यक्रममा ‘सेकुवा बाई किलो रेस्टुरेन्ट’का संस्थापक सञ्चालक सैफ गौचन र राष्ट्रिय क्रिकेट खेलाडी बमबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । दुई वर्ष पहिले काठमाडौंको कलंकीस्थित मकालु पेट्रोलपम्प नजिकै पहिलो शाखाको रूपमा स्थापना भएको ‘सेकुवा बाई किलो रेस्टुरेन्ट’ लगानी विस्तारको क्रममा फैलिएर अहिले विभिन्न ६ ठाउँमा सञ्चालन भइरहेको छ । 
सेकुवा पारखीका लागि निकै लोकप्रिय ब्रान्ड ‘सेकुवा बाई किलो रेस्टुरेन्ट’का संस्थापक सञ्चालक गौचनले आफुले यस क्षेत्रमा प्रवेश गर्ने क्रममा सबैभन्दा पहिले खोलिएको कलंकी शाखा, दोस्रो ललितपुरको झम्सिखेल, तेस्रो दरबारमार्ग, चौथो सामाखुसी, पाँचौं लाजिम्पार्ट र छैटौं शाखा बाँसबारीमा गरी ६ वटा स्थानमा खोएिको यस रेस्टुरेन्टमा ३ सय जनाले प्रत्यक्ष रोजगारी पाएको जानकारी दिए । गौचनले यस सम्झौतापछि अझै रेस्टुरेन्ट र खेलप्रेमीबीचको सम्बन्ध थप प्रगाढ हुने अपेक्षा गरिएको बताए ।
राष्ट्रिय क्रिकेट खेलाडी बलमे पनि आफू यस कम्पनीको ब्रान्ड एम्बेसडर नियुक्त हुन पाउँदा खुसी लागेको बताए । सुदूरपश्चिमको डोटीमा जन्मिएर कैलालीको धनगढीमा हुर्किएका चर्चित क्रिकेटर खेलाडी बलमे सन् २०२२ को टि–२० क्रिकेट टिममा सहभागी भएदेखि निरन्तर उत्कृष्ट खेल प्रदर्शन गरी नेपालको गौरव बढाउने काम गरिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र