नेभिगेशन
अर्थतन्त्र

प्रोटोनको ‘सेल्स एन्ड एक्सचेन्ज एक्सिलेन्स’ योजना

काठमाडौं । नेपालमा प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले सेल्स एन्ड एक्सचेन्ज एक्सिलेन्स योजना सार्वजनिक गरेको छ । यो विशेष योजना वैशाख १३ देखि १५ सम्म नेपालभरका सबै प्रोटोन शोरुममा सञ्चालन गरेको हो ।
योजनाअन्तर्गत ग्राहकले पुरानो गाडी साटेर नयाँ प्रोटोन ई.मास सेबेनलगायत प्रोटोनका विभिन्न मोडलहरू आकर्षक सुविधासहित खरिद गर्न सक्नेछन् । यस योजनाअन्तर्गत ग्राहकले आकर्षक नगद छुट, पुरानो गाडीको उत्कृष्ट एक्सचेन्ज मूल्य, १ वर्षको निःशुल्क बीमा, १ वर्षको रोड ट्याक्स, ७ किलोवाटको चार्जर तथा ८ वर्षसम्मको वारेन्टी सुविधा प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार यो योजना ग्राहकलाई सहज, भरपर्दो र थप मूल्ययुक्त सवारी खरिद गर्न सजिलो होस् भन्ने उद्देश्यले ल्याइएको हो । विशेषगरी विद्युतीय सवारीप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै ग्राहकलाई आधुनिक, सुरक्षित र वातावरणमैत्री सवारी रोज्न प्रेरित गर्ने कम्पनीको विश्वास छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय