नेभिगेशन
अर्थतन्त्र

नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो वैशाख १७ देखि

काठमाडौं । स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रलाई लक्षित गर्दै दक्षिण एसियाकै महत्वपूर्ण प्रदर्शनी ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ को नवौं संस्करण काठमाडौंमा आयोजना हुने भएको छ । एस डी प्रोमो मिडिया प्रालिले केमसान नेपालसँगको सहकार्यमा आयोजना गर्न लागेको एक्स्पो २०२६ वैशाख १७ देखि १९ सम्म तीन दिन भृकुटीमण्डप प्रदर्शनी स्थलमा सञ्चालन हुनेछ ।
प्रदर्शनीमा नेपाल र भारतसहित विभिन्न देशका ४७५ भन्दा बढी प्रदर्शक सहभागी हुनेछन् भने ८०० भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्ड र १ हजारभन्दा बढी उत्पादन तथा सेवाहरू एकै स्थानमा प्रदर्शन गरिनेछ । यसले स्वास्थ्य सेवा र प्रयोगशाला विज्ञानका नवीनतम प्रविधि, उपकरण तथा समाधानहरूलाई नजिकबाट अवलोकन गर्ने अवसर प्रदान गर्नेछ ।
तीन दिनसम्म चल्ने यस एक्स्पोलाई स्वास्थ्य सेवा, औषधि (फार्मास्युटिकल) तथा अनुसन्धान क्षेत्रका लागि महत्वपूर्ण ‘बीटुबी’ प्लेटफर्मका रूपमा लिइएको छ । यसले व्यापारिक सहकार्य विस्तार, स्रोत पहिचान, प्रविधि आदान–प्रदान तथा उच्चस्तरीय नेटवर्किङका लागि उपयुक्त वातावरण सिर्जना गर्ने आयोजकको विश्वास छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय