नेभिगेशन
अर्थतन्त्र

‘हाइड्रोपावर कस्टमर मिट’ सम्पन्न

काठमाडौं । दुगड अर्थमुभर्स प्रालिले टाटा हिटाची कन्स्ट्रक्सन मेसिनरी कम्पनी लिमिटेडको सहकार्यमा ‘हाइड्रोपावर कस्टमर मिट’ आयोजना गरेको छ । हाइड्रो परियोजना सञ्चालक, ठेकेदार र सम्बन्धित सरोकारवालाहरूको उल्लेख्य सहभागितामा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा टाटा हिटाचीका अन्तर्राष्ट्रिय प्रतिनिधिहरू श्री जयकारा काल्माडी (एक्सपोर्ट हेड), श्री सौरभ गुप्ता (सार्क कन्ट्री हेड) र श्री गोपी नाथ (एक्सपोर्ट एडमिन) को पनि उपस्थिति थियो । एमभी दुगड समूहका अध्यक्ष मोतीलाल दुगडले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्घाटन गर्दै नेपालका हाइड्रोपावर परियोजनामा दिगो सहकार्यको महत्वबारे प्रकाश पारे ।
एमभी दुगड समूहको व्यावसायिक पोर्टफोलियोबारे कार्यकारी निर्देशक शुभम दुगडले प्रस्तुति दिँदै समूहको विविध व्यावसायिक क्षेत्र तथा पूर्वाधार विकासमा योगदानबारे जानकारी गराए । प्राविधिक सत्रअन्तर्गत जयकारा काल्माडीले टाटा हिटाचीको इतिहास तथा अन्तर्राष्ट्रिय उपलब्धिबारे जानकारी दिए । त्यस्तै सौरभ गुप्ताले एक्स्काभेटर तथा ब्याकहो लोडरको उत्पादन दायरा, हाइड्रो परियोजनामा तिनको उपयोगिता, कार्यक्षमता र फाइदाबारे विस्तृत प्रस्तुति दिए । व्यापार प्रमुख निरज सापकोटाले हाइड्रोपावर निर्माण कार्यका लागि उपयुक्त मेसिनहरूको प्रयोग र उपयोगिताबारे बताए ।
कार्यक्रमको मुख्य आकर्षण टाटा हिटाची उपकरणहरूको उच्च विश्वसनीयता, टिकाउपन तथा कठिन भौगोलिक अवस्थामा उत्कृष्ट प्रदर्शनमा केन्द्रित थियो । कार्यक्रममा सिनराई पावर ब्याकहो लोडरलगायतका मेसिनहरू प्रदर्शनीमा राखिएका थिए । साथै, सहभागीहरूका लागि विशेष वारेन्टी स्किम पनि उपलब्ध गराइएको थियो ।
कार्यक्रमको समापनमा एमभी दुगड समूहका उपाध्यक्ष विवेक दुगडले धन्यवाद ज्ञापन गरे । कार्यक्रममा सहभागी हाइड्रो परियोजना सञ्चालक तथा सम्बन्धित व्यक्तिहरूबीच अनुभव आदानप्रदान, सहकार्य विस्तार तथा भविष्यका अवसर पहिचानमा महत्ववपूर्ण छलफल भएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय