नेभिगेशन
उपत्यका

२४ घण्टामा २७४६ चालक कारबाहीमा

काठमाडौं । दिनदिनै कार्बाही गर्दा पनि उपत्यकाका सडकमा नियम उल्लंघन गर्नेको संख्या घट्न सकेको छैन । पछिल्लोपटक ट्राफिक प्रहरीले २४ घण्टामा २ हजार ७ सय ४६  वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार दिउँसोदेखि संगलबार बिहानसम्ममा विभिन्न स्थानमा  गरेको जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरु ७९ जना भेटिए । राइड सेयरिङमा बदमासी गर्ने २२५, रातोबत्तीमा १७५, तीव्र गतिमा १४८, लेनक्रसमा ३२४, सडक फुटपाथमा १४९, हर्न निषेधमा ५५, ओराल्ने र चढाउनेमा ५४ जना कार्बाहीमा परेका छन् । यस्तै  अन्य फुटकर कसुरमा १ हजार ५ सय ३७ गरी जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रवक्ता एसपी नरेशराज सुवेदीले बताए । उक्त कारबाहीबाट जरिवानावापत २९ लाख ६४ हजार ५ सय १ रुपैयाँ उठेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय