भारत (गोवा) । साफ महिला च्यम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले श्रीलंकालाई पराजित गर्दै समूह विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
भारतको गोवास्थित पण्डित जवाहारलाल नेरु रंगशालामा आज सम्पन्न समूह चरणको आफनो अन्तिम खेलमा नेपालले श्रीलंकामाथि २–० गोलको जित निकाल्यो । नेपाल समूह ‘बी’को शीर्ष स्थान रह्यो ।
दुई खेल खेलेको नेपालले शतप्रतिशत नतिजा निकाल्दै ६ अंकका साथ समूह विजेता बनेको हो । नेपालले समूहचरणको आफनो पहिलो खेलमा भुटानलाई १–० गोलअन्तरले पराजित गरेको थियो ।
त्यसैगरी समूह ‘बी’बाट भुटान उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको छ । भुटानले तीन अंक बटुल्दै प्रतियोगिताको उपविजेता बन्दै सेमिफाइनमा पुगेको हो ।
आइतबारको खेलमा नेपालका लागि रस्मिकुमारी घिसिङ र रेनुका नगरकोटीले समान एक÷एक गोल गरे । रस्मिले खेलको पहिलो हाफमा गोल गरिन भने रेनुकाले खेलको दोस्रो हाफमा गोल थपिन् । खेलको पहिलो हाफको अतिरिक्त समयमा रस्मिले पेनाल्टी एरियाभित्र रेखा पौडेलले दिएको पासलाई सदुपयोग गर्दै गोल गरिन् । त्यस्तै खेलको ६०औं मिनेटमा रेनुकाले गोल गरिन् । उनले पेनाल्टी एरिया बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो । आजको हारसँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ ।
यसअघि प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलका लागि श्रीलंकाविरुद्ध नेपालको सुरुआती ११ सदस्यीय (प्लेइङ एघार) टोलीको नाम सार्वजनिक भएको छ ।
भारतको गोवास्थित पण्डित जवाहारलाल नेरु रंगशालामा नेपाली टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले श्रीलंकाविरुद्ध खेलका लागि नेपालको सुरुआती ११ सदस्यीय टोलीको नाम सार्वजनिक गरेका थिए । यसअनुसार अञ्जना रानामगरलाई गोलरक्षकको जिम्मेवारी दिइएको छ भने टोलीको कप्तानको जिम्मेवारी रेनुका नगरकोटेले पाएकी छन् ।
टोलीमा अञ्जना रानामगरसँगै रेनुका नगरकोटे, विमला विके, हिराकुमारी भुजेल, सरु लिम्बू, गीता राना, रेखा पौडेल, मीना देउवा, प्रतिक्षा चौधरी, रश्मिकुमारी घिसिङ र दीपा शाही छन् । यसैगरी वैकल्पिक खेलाडीमा उषा नाथ, पूजा राना, समीक्षा घिमिरे, सविना चौधरी, अनिता केसी, पूर्णिमा राई, अनिता बस्नेत, अञ्जिला तुम्बापो सुब्बा, बिर्सना चौधरी, निशा ठोकर र अनिता लाम्जेल रहेका छन् ।
भुटानविरुद्ध पहिलो खेलमा १–० को जित निकालेको नेपालले दोस्रो जितको लागि खेलेको थियो । यसअघि सन् २०२५ मा भएको एएफसी महिला एसियन छनोटमा पनि नेपालले श्रीलंकालाई पराजित गरेको थियो । सोही अनुभवलाई यस पटक नेपालले दोहो¥याएको हो ।
यसपटक नेपाली टोलीमा सावित्रा भण्डारी सहभागी छैनन् । गोडामा लागेको चोटका कारण उनले खेलिनन् । यस्तै, कम्बोडिया क्लबमा आबद्ध प्रीति राई पनि खेलमा थिइनन् ।
यस साफ च्यापियनसिपमा विभिन्न छ राष्ट्र सहभागी छन् भने जसलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह ‘ए’मा परेको छ । नेपालको समूहमा भुटान र श्रीलंका छ । पहिलो खेलमा नेपालले भुटानमाथि एक शून्य गोलको जित निकालेको थियो ।
प्रतियोगितामा शीर्ष तीन अंक जोडेको भुटान अंक तालिकाको शीर्ष स्थानमा छ । भुटानले श्रीलंकालाई चार शून्य गोलअन्तरले पराजित गरेको थियो ।
यसैगरी समान तीन अंक नै जोडेको नेपाल गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । अंकविहीन रहेको श्रीलंका तेस्रो स्थानमा छ । यसैगरी समूह ‘बी’मा आयोजक भारत, बंगलादेश र माल्दिभ्स छन् । समूहको शीर्ष दुई स्थान हासिल गर्ने टोलीले सेमिफाइन यात्रा तय गर्नेछन् ।