नेभिगेशन
अर्थतन्त्र

हिमालयन बैंकद्वारा आरएमबी कार्ड सेवा आरम्भ

काठमाडौं । हिमालयन बैंकले युनियन पे आरएमबी कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले चीनको  प्रसिद्ध कार्ड ब्रान्ड युनियन पे ले नेपालमा स्थानीय ग्राहकका लागि चीन भ्रमणलाई सहज तथा सुलभ बनाउनका लागि नेपालमै पहिलो पटक उक्त कार्ड सेवाको सुरुवात गरेको हो ।
सो कार्डको प्रयोगबाट ग्राहक तथा सेवाग्राहीले उत्तरी छिमेकी मुलुक चीन भ्रमण गर्दा त्यहाँका एटीएम, पीओएस र क्यूआर कोड एवं इ–कमर्स प्लेटफर्ममार्फत हुने कारोबारको चिनियाँ मुद्रा युआनमा सहज भुक्तानी गर्न सक्ने हुँदा बजारमा उपलब्ध अन्य उपकरणहरुको तुलनामा मितव्ययी एवं सर्व स्वीकार्य हुने व्यहोरा बैंकले जनाकारी गराएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्