नेभिगेशन
खेलकुद

साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाट बाहिरियो

भारतको गोवामा जारी साफ च्याम्पियपनसिपमा नेपाल दोस्रो पटक सेमिफाइनलबाट बाहिरिएको छ । सन् २०१० देखि सुरु भएको यस प्रतियोगितामा बुधबार नेपाल बंगलादेशसँग पराजित भएको हो । यसअघि सन् २०१६ मा भएको साफ च्याम्प्यिनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।  
गोवास्थित पण्डित जवाहारलाल नेहरू रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा बंगलादेशले नेपाललाई २–१ गोलअन्तरले पराजित गरेको हो । खेलमा पहिलो अग्रता नेपालले लिएको थियो । नेपालको लागि गीता रानाले खेलको २३औं मिनेटमा गोल गरिन् । दीपा शाहीले प्रहार गरेको कर्नर किकमा गीताले डी बक्स एरियाबाट गोल गर्न सफल भएकी हुन् । 
नेपालको एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको पहिलो हाफको अतिरिक्त समयमा बंगलादेशले गोल गर्दै खेल बराबरीमा फर्कायो । बंगलादेशको लागि रितु पोर्ना चक्माले गोल गरिन् । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा बंगलादेशकी सागुरिकाले थप एक गोल गर्दै बंगलादेशको जित सुनिश्चित गरिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्