नेभिगेशन
अर्थतन्त्र

सिटिजन लाइफ इन्स्योरेन्सको सम्पत्ति शुद्धीकरणसम्बन्धी अभिमुखीकरण

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनासकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
कम्पनीका आधारभूत सेयरधनी, सञ्चालक समिति तथा उच्च व्यवस्थापन तहका पदाधिकारीको सहभागितामा आयोजित कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछाने र उपनिर्देशक पदमप्रसाद सोडारीले सहजीकरण गरेका थिए । कार्यक्रममा वित्तीय अपराध नियन्त्रण, सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड, नियामकीय अपेक्षा र बीमा क्षेत्रको भूमिका सम्बन्धमा विस्तृत प्रस्तुतीकरण गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्