नेभिगेशन
अर्थतन्त्र

लिभोनको नयाँ ब्रान्ड एम्बेसडरमा स्वस्तिमा खड्का

काठमाडौं । मेरिको लिमिटेडअन्तर्गतको लोकप्रिय हेयर स्टाइलिङ ब्रान्ड लिभोनले नेपालका लागि नयाँ ब्रान्ड एम्बेसडरका रूपमा लोकप्रिय नेपाली अभिनेत्री स्वस्तिमा खड्कालाई नियुक्त गरेको छ । 
आफ्नो स्वाभाविक आकर्षण, आत्मविश्वास र दर्शकमाझको बलियो लोकप्रियताका कारण स्वस्तिमा लिभोनको पहिचानसँग उत्कृष्ट रूपमा मेल खाने व्यक्तित्वका रूपमा चिनिएकी छन् । अब उनी लिभोनको नयाँ टेलिभिजन विज्ञापनमा ब्रान्डको ऊर्जा र सन्देशलाई जीवन्त रूपमा प्रस्तुत गर्दै देखिनेछिन् ।
लिभोनको नयाँ अवधारणा लिभोन आईटीमा आधारित टिभिसीले काम, यात्रा र सामाजिक जीवनमा निरन्तर सक्रिय रहने महिलाहरूको जीवनशैलीलाई प्रस्तुत गर्दछ । यो अभियानले आत्मविश्वासका साथ निरन्तर अघि बढ्ने महिलाको ऊर्जा, उत्साह र जीवनप्रतिको सकारात्मक सोचलाई उजागर गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्