नेभिगेशन
अर्थतन्त्र

एसोसिएसन अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्ट्स अफ नेपालको प्रथम साधारण सभा सम्पन्न

काठमाडौँ ।संस्थाको उन्नति र व्यावसायिक सुशासनका लागि भन्ने मूल नाराका साथ एसोसिएसन अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्ट्स अफ नेपालले आज आफ्नो प्रथम साधारण सभा भव्य रूपमा सम्पन्न गरेको छ ।

आज २०८३ जेष्ठ २३ गते तदनुसार ६ जुन २०२६ का दिन, काठमाडौंस्थित प्रिमियर इन्टरनेसनल स्कूल ललितपूरमा उक्त साधारण सभा आयोजना गरिएको थियो । दिनको १ः०० बजेबाट औपचारिक रूपमा सुरु भएको सो कार्यक्रममा संस्थाका केन्द्रीय कार्य समितिका पदाधिकारीहरू, सदस्यहरू तथा सरोकारवालाहरूको उत्साहपुर्वक उपस्थिति रहेको थियो । संस्थाको सांगठनिक सुदृढीकरण र व्यावसायिक मर्यादालाई अझ उचाइमा पु¥याउने उद्देश्यले आयोजित यस साधारण सभाले संस्थाको आगामी कार्यदिशा तथा व्यावसायिक सुशासनका विषयमा महत्त्वपूर्ण छलफल गरेको आयोजकले जनाएको छ ।

यस संस्थाको यस सभाले आगामाी कार्यकालको नयाँ कार्यसमितिसमेत निर्वाचित गरेको छ । नेपालको द्रूत रूपमा विकसित भइरहेको अर्थतन्त्रमा, सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्ट्सको भूमिका महत्वपूर्ण छ । यसले परम्परागत लेखा र रणनीतिक नेतृत्वबीचको खाडल पुर्दै लागत कटौती, जोखिम व्यवस्थापन र व्यावसायिक वृद्धिमा मद्दत गर्छ । नेपाली व्यवसायहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन योग्यता भएका दक्ष जनशक्ति अपरिहार्य बनेका छन् । साथै, नेपालका बजेट निर्माण गर्न, पब्लिक कम्पनिका कामहरु, सार्वजानिक सरोकारका लागत निर्धारण गर्न लगायत अति महत्वपूण लागत सम्बन्धितमा लागत लेखापरिक्षण ऐन समेतको महत्वबारे प्रकाश भएको सभाको निष्कर्ष रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्