नेभिगेशन
अर्थतन्त्र

ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन

काठमाडौं । नेपालका लागि प्रोटोन सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा आफ्नो विद्युतीय सवारी (ईभी) पोर्टफोलियो विस्तार गर्ने तयारी तीव्र पारेको छ । बजारमा आएको छोटो समयमै प्रोटोन ई.मास ७ ले नेपाली उपभोक्ताबाट उत्साहजनक र सकारात्मक प्रतिक्रिया प्राप्त गरेपछि कम्पनीले आफ्नो ईभी विस्तार योजनालाई अझ गति दिने निर्णय गरेको हो ।
मलेसियामा प्रोटोनले हासिल गरेको उल्लेखनीय सफलता हेर्दा कम्पनीको आगामी दिशा स्पष्ट देखिन्छ । सन् २०२६ को जनवरीदेखि अप्रिलसम्मको अवधिमा मलेसियामा प्रोटोनको विद्युतीय सवारी (ईभी) बिक्रीमा ३२९ प्रतिशतको वृद्धि भएको छ भने केवल चार महिनामै ११ हजार ६१७ भन्दा बढी ग्राहकलाई हस्तान्तरण गरिएको छ ।
यही उच्च मागलाई सम्बोधन गर्न प्रोटोनले तान्जुङ मालिमस्थित आफ्नो ईभी उत्पादन कारखाना विस्तारका लागि ३७ मिलियन मलेसियन रिंगिट लगानी गर्ने घोषणा गरेको छ । यससँगै कम्पनीले आफ्नो वार्षिक उत्पादन क्षमता दोब्बरभन्दा बढी बढाएर ४२ हजार युनिट पु¥याउने लक्ष्य राखेको छ ।
हाल नेपाली ग्राहकले १६० किलोवाट क्षमताको विद्युतीय मोटरद्वारा सञ्चालित प्रिमियम इलेक्ट्रिक एसयूभी प्रोटोन ई.मास सेबेन १६० किलोवाटको अनुभव लिइरहेका छन् । यस गाडीले एनइडिसी मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा अधिकतम ४७५ किलोमिटरसम्म यात्रा गर्न सक्छ । यसमा ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, उन्नत हेडरेस्ट स्पिकर प्रणाली, अत्याधुनिक ड्राइभिङ प्रविधि तथा फराकिलो र आधुनिक भित्री सजावटका साथै अत्याधुनिक सुरक्षा र कनेक्टिभिटी सुविधाहरू समावेश छन् ।
हाल ई.मास सेबेन खरिद गर्ने ग्राहकले एक वर्षको निःशुल्क बीमा, एक वर्षको सडक कर छुट, निःशुल्क ७ किलोवाट क्षमताको होम चार्जर, ८ वर्षको वारेन्टी तथा आकर्षक नगद छुटजस्ता विशेष सुविधाहरू प्राप्त गरिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्