नेभिगेशन
अर्थतन्त्र

चितवनको रत्ननगरमा कजारिया

चितवन । कजारिया रमेश टायल्स लिमिटेडले चितवनको रत्ननगरमा नयाँ शोरुम सञ्चालनमा ल्याउँदै बागमती प्रदेशमा आफ्नो व्यावसायिक पहुँच थप विस्तार गरेको छ । चितवन हार्डवेयर एण्ड सेनेटरीद्वारा सञ्चालित यस शोरुमले स्थानीय उपभोक्ता, आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूका लागि विश्वस्तरीय पहिचान बनाएका वाल र फ्लोर टायल्सको बृहत् संग्र्रह सिधै उपलब्ध गराउनेछ ।
जेठ २४ गते आधिकारिक रूपमा उद्घाटन गरिएको समारोहमा कन्ट्री म्यानेजर अभ्यास तिवारी र मिस नेपाल इन्टरनेसनल २०२५ उरुषा भण्डारीको प्रमुख उपस्थिति थियो । उक्त अवसरमा कजारिया रमेश टायल्सका प्रतिनिधि एवं चितवन हार्डवेयर एण्ड सेनेटरीको व्यवस्थापन टोलीले स्थानीय बासिन्दालाई हार्दिक स्वागत गर्दै सोरुम अवलोकन गराएका थिए ।
कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधि र विश्वस्तरीय मापदण्डअनुरूप देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालको टायल उद्योगलाई नयाँ परिभाषा दिएको छ । कम्पनीको बजार नेतृत्व विभिन्न अन्तर्राष्ट्रिय उपलब्धिहरूबाट थप सुदृढ बनेको छ, जसमा सुपरब्राण्ड २०२५ को उपाधि र ‘एसियाज् मस्ट प्रमिसिङ ब्रान्ड’को मान्यता मुख्य छन् । कजारिया विश्वका शीर्ष आठ टायल उत्पादकमध्ये एकका रूपमा स्थापित हुनु यसकै कारण भएको विज्ञप्तिमा उल्लेख छ ।
३ हजारभन्दा बढी आधुनिक डिजाइन विकल्पहरूसहित यस ब्रान्डले दीर्घकालीन टिकाउपन र उत्कृष्ट कार्यसम्पादनयुक्त उत्पादनहरूमार्फत आन्तरिक स्थानहरूलाई निरन्तर रूपान्तरण गर्दै आएको छ । हाल कजारियाका नेपालभर १०० भन्दा बढी शोरुम छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्