नेभिगेशन
अर्थतन्त्र

आयल निगकको निमित्त कार्यकारी निर्देशकमा बराल

काठमाडौं । सरकारले नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकमा दीपक बराललाई नियुक्त गरेको छ । यसअघि नियुक्त गरिएका नागेन्द्र साह सेवाबाट अवकाश भएपछि बराललाई निमित्तको जिम्मेवारी दिइएको हो ।
चण्डिका भट्टले कार्यकारी निर्देशकको पदबाट राजीनामा दिएपछि साहलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएकोमा उनी अवकाश भएपछि रिक्त स्थानमा बराललाई ल्याइएको हो । बराल लामो समयदेखि इन्जिनियरिङ तथा प्रशासनिक जिम्मेवारीमा रही काम गर्दै आएका निगमका कर्मचारी हुन् । उनी निगमका उप–प्रबन्ध निर्देशक हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्