नेभिगेशन
अर्थतन्त्र

लिटमस इन्डस्ट्रिज पुरस्कृत

काठमाडौं । लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल उद्योग परिसंघ (सिएनआई) को २३औँ वार्षिक साधारण सभामा ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ विधाअन्तर्गत सम्मान प्राप्त गरेको छ । उक्त सम्मान सिएनआईका सदस्य उद्योगहरूमध्ये भारततर्फ सर्वाधिक निकासी गर्ने उद्योगका रूपमा लिटमस इन्डस्ट्रिजलाई प्रदान गरिएको हो ।
यो उपलब्धिले गुणस्तर, नवप्रवर्तन तथा उत्पादन उत्कृष्टताप्रति लिटमसको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कम्पनीले जनाएको छ । लिटमस इन्डस्ट्रिज नेपालको सबैभन्दा ठूलो तार, केबल तथा कन्डक्टर उत्पादक उद्योग हो । साथै, नेपालमा एल्युमिनियम तथा एल्युमिनियम अलोय (एएल) रड उत्पादन गर्ने एकमात्र उद्योगका रूपमा यसले विशिष्ट पहिचान स्थापित गरेको छ । 
कम्पनीका उत्पादनहरूले देशभित्रका महत्वपूर्ण पूर्वाधार तथा ऊर्जा परियोजनाहरूको आवश्यकता पूरा गर्नुका साथै नेपालको औद्योगिक निर्यात पोर्टफोलियोमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् । लिटमस इन्डस्ट्रिजका मुख्य सञ्चालन अधिकृत (सीओओ) प्रकाश काफ्लेले नेपाल उद्योग परिसंघद्वारा प्राप्त यो सम्मान गुणस्तर, नवप्रवर्तन तथा उत्कृष्टताप्रतिको हाम्रो प्रतिबद्धताको महत्वपूर्ण कदर भएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्