नेभिगेशन
अर्थतन्त्र

‘डिजिओ’ मा विश्वकपको प्रत्यक्ष प्रसारणः मोबाइल पास अब रु. मात्र ५४९ मा !

काठमाडौंं । विश्वकै सर्वाधिक प्रतिक्षित खेलकुद प्रतियोगिता फिफा विश्वकप २०२६ नजिकिँदै गर्दा नेपालको अग्रणी डिजिटल स्ट्रिमिङ प्लेटफर्म डिजिओले फुटबलप्रेमीहरूका लागि विशेष योजना घोषणा गरेको छ । योजनाअन्तर्गत अब दर्शकले आफ्नो मोबाइलमा नेपाली कमेन्टरी र उच्च गुणस्तरको १०८० पी फुल एचडी भिडियोमा विश्वकपका सबै एक सय खेलको मजा लिन सक्ने कम्पनीले जनाएको छ ।
सिधै डिजिओ एपबाट खरिद गरी फुटबलको माहोल थप सहज र किफायती बनाउन डिजिओले मात्र पाँच सय ४९ रुपैयाँमा ‘मोबाइल–ओन्ली’ पास ल्याएको छ । दर्शकले कुनै पनि झन्झटबिना सजिलै डिजिओ एपमार्फत् आफ्नो मोबाइल पास खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार डिजिओ मोबाइल पासका मुख्य विशेषतामा सजिलो खरिद प्रक्रिया, नेपाली कमेन्टरी, डुअल कमेन्टरी विकल्प, फुल एचडी क्वालिटीको उत्कृष्ट भिडियो गुणस्तरमा प्रत्यक्ष प्रसारण, किफायतीमा सबै एक सय चार खेलको निर्बाध स्ट्रिमिङ रहेका छन् । कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी नेपाली दर्शकहरूलाई खेलको अनुभवमा कुनै सम्झौता नहोस् भन्न चाहन्छौं । सिधै पास खरिद गर्ने सुविधाले अब फ्यानहरूले कुनै पनि तेस्रो पक्ष वा शंकास्पद लिंकहरूको पछि नलागी सुरक्षित र आधिकारिकरूपमा विश्वकपको आनन्द लिन सक्नुहुुनेछ ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्