नेभिगेशन
अर्थतन्त्र

नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक संसदमा प्रस्तुत

काठमाडौं । प्रतिनिधिसभामा ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक २०८३’ प्रस्तुत भएको छ । सभाको बुधबारको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक प्रस्ततु गरेका हुन् ।
बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयक प्रस्तुत गर्न अनुमति लिनेसम्बन्धी प्रस्तावमा कुनै पनि विरोधको सूचना प्राप्त नभएको जानकारी गराए । अर्थमन्त्रीले राखेको उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्नेसम्बन्धी प्रस्तावलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ ।
विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग पु¥याउने उद्देश्यले मूल्य तथा शोधानान्तर स्थिरता कायम राखी समग्र वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न कानुनी सुधार आवश्यक भएकाले विधेयक ल्याइएको बताए ।
‘राष्ट्रिय तथा अन्तरराष्ट्रिय वित्तीय क्षेत्रमा आएको परिवर्तन, वित्तीय प्रणालीको विस्तार, डिजिटल प्रणालीको प्रयोग तथा केन्द्रीय बैंकको भूमिका आएको विकासलाई दृष्टिगत गर्दा प्रचलित ऐनका केही व्यवस्थालाई थप स्पष्ट, व्यवस्थित र समयानुकूल बनाउनु आवश्यक भएको छ,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्