नेभिगेशन
खेलकुद

फिफा विश्वकप २०२६ मा जान्नैपर्ने मुख्य कुरा

फिफा विश्वकपलाई लिएर विश्वभर उत्साह र चर्चा चुलिएको छ । फुटबल (उत्तर अमेरिकामा ‘सकर’ पनि भनिन्छ) संसारकै सबैभन्दा लोकप्रिय खेल हो र विश्वकप यसको सबैभन्दा प्रतिष्ठित उपाधि मानिन्छ । लगभग १०० वर्षको इतिहासमा पहिलो पटक विश्वकप तीन देशले संयुक्त रूपमा आयोजना गर्दैछन्, मेक्सिको, क्यानडा र संयुक्त राज्य अमेरिका  । 
उद्घाटन खेल जुन ११ मा मेक्सिको सिटीमा हुनेछ भने अन्तिम खेल जुलाई १९ मा अमेरिकी राज्य न्यू जर्सीमा खेलाइनेछ ।
फुटबलमा नयाँ रुचि राख्नेहरूका लागि विश्वकपबारे जान्नुपर्ने मुख्य जानकारीमध्ये विश्वकप प्रत्येक चार वर्षमा आयोजना गरिन्छ भन्ने त थाहै छ । सन् २०२६ को संस्करण अहिलेसम्मकै सबैभन्दा ठूलो हुनेछ, जसमा ४८ देशले प्रतिस्पर्धा गर्नेछन् ।
विश्व वरीयताका आधारमा टोलीहरूलाई चार–चार देश रहने १२ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका शीर्ष दुई टोली स्वतः अर्को चरण अर्थात् ‘राउन्ड अफ ३२’ मा पुग्नेछन् । एउटा खेल जित्दा टोलीले ३ अंक पाउँछ । बराबरी भए दुवै टोलीले १–१ अंक पाउँछन् भने हार्ने टोलीले कुनै अंक प्राप्त गर्दैन । राउन्ड अफ ३२ मा बाँकी स्थान समूह चरणमा तेस्रो भएका उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूले भर्नेछन् । यस चरणमा १६ टोली बाहिरिनेछन् ।
खेल कसरी खेलिन्छ ?
एक फुटबल खेल ९० मिनेटको हुन्छ, जसलाई ४५–४५ मिनेटका दुई हाफमा विभाजन गरिन्छ । बीचमा १५ मिनेटको विश्राम हुन्छ । फुटबलमा घडी निरन्तर चलिरहन्छ । खेल रोकिँदा घडी रोकिँदैन । त्यसैले चोटपटक उपचार, खेलमा ढिलाइ वा गर्मीका कारण फिफाले अनिवार्य बनाएको पानी पिउने विश्रामजस्ता कारणले खेर गएको समयलाई ध्यानमा राखेर हाफको अन्त्यमा अतिरिक्त समय थपिन्छ ।
समूह चरणमा बराबरी खेलको विजेता छुट्याउन पेनाल्टी सुटआउट हुँदैन तर नकआउट चरणमा खेल बराबरी भए ३० मिनेटको अतिरिक्त समय खेलाइन्छ । त्यसपछि पनि नतिजा नआए पेनाल्टी सुटआउटमार्फत विजेता निर्धारण गरिन्छ ।
आयोजक सहरहरूमा मेक्सिकोका गुदलजारा, मन्टेरी, मेक्सिको सिटी छन् भने क्यानडामा टोरन्टो र भ्यानकुभर रहेका छन्  । त्यस्तै अमेरिकाका एटलान्टा, बोस्टन, डलास, ह्युस्टन, केन्सास सिटी, लस एन्जल्स, मियामी, न्यू योर्क सिटी, न्यू जर्सी, फिलाडेल्फिया, सन फ्रान्सिस्को बे एरिया र सियाटल रहेका छन्  ।

उपाधिका दाबेदार को–को?
यतिबेलादेखि नै विश्वकप उपाधिको दाबेदार को होलान् भन्ने अहिलेदेखि नै आकलन हुन थालेका छन् । दुईपटकको विश्वविजेता ँचबलअभ र सन् २०१० को च्याम्पियन क्उबष्ल लाई बलिया दाबेदार मानिएको छ । फ्रान्ससँग केलिन एमबाप्पे र उसमान डेम्बलीजस्ता स्टार खेलाडी छन् ।
स्पेनले १८ वर्षीय प्रतिभाशाली लामिन यमालमाथि ठूलो भरोसा गरेको छ । लगातार दुई युरोपियन च्याम्पियनसिपको फाइनलमा हार व्यहोरेको इंगल्यान्ड पनि उपाधि होडमा छ । त्यस्तै विश्वकप इतिहासकै सबैभन्दा सफल राष्ट्र ब्राजिल सधैंझैँ प्रमुख दाबेदार हो । ब्राजिलले छैटौँ विश्व उपाधिको खोजी गरिरहेको छ । यो सन् २००२ पछि पहिलो हुनेछ ।
नजर राख्नुपर्ने खेलाडीहरू
यस विश्वकपका सबैभन्दा रोमाञ्चक खेलाडीमध्ये एमबाप्पे र यामाललाई मानिएको छ । त्यसबाहेक फुटबल जगतका दुई महान प्रतिद्वन्द्वी लियोनेल मेससी र क्रिस्टियानो रोनाल्डोमाथि पनि विशेष ध्यान रहनेछ । पछिल्ला दुई दशकदेखि उनीहरूको प्रतिस्पर्धाले फुटबललाई परिभाषित गरेको छ ।
जुन महिनाको अन्त्यतिर मेस्सी ३९ वर्षका हुनेछन् भने रोनाल्डो ४१ वर्षका भइसकेका छन् । यो उनीहरूको अन्तिम ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सक्ने अनुमान गरिएको छ ।
त्यसो त ब्राजिलका नेयमार, भिनिसियस जुनियर, बेलायतका जेड बेलिङघम, अमेरिकाका क्रिस्टियन पुलिसिक, क्यानडाका अल्फोन्सो डेभिस, दक्षिण कोरियाका सन हुङ‑मिन, घानाका एन्टोनी सेमेन्यो, नर्वेका एर्लिङ हालन्ड समावेश छन् ।
पहिलोपटक विश्वकप खेल्ने देशहरू
यस पटक विश्वकपको विस्तारित ढाँचाले केही नयाँ राष्ट्रलाई पहिलोपटक अवसर दिएको छ । करिब १ लाख ५६ हजार जनसंख्या भएको कराकाओ विश्वकपमा छनोट हुने इतिहासकै सबैभन्दा सानो राष्ट्र बनेको छ । यस्तै करिब ५ लाख जनसंख्या भएको केप भर्डी पनि पहिलोपटक विश्वकपमा खेल्दैछ । पहिलो विश्वकप यात्रामा निस्किएको जोर्डनले पनि उल्लेखनीय प्रगति गरेको छ । पहिलोपटक छनोट भएको उज्बेकिस्तानसँग अनुभवी प्रशिक्षक फाबियो कानाभारो छन् । उनले सन् २००६ मा इटालीलाई विश्वकप जिताएका थिए ।

यस पटकका रोचक प्रतिस्पर्धाहरू यसमा खेलिने खेलबाहेक इतिहास र राजनीतिले पनि केही खेलहरूलाई विशेष बनाउने देखिएको छ ।
जस्तो कि, जुन १६ मा फ्रान्स र सेनेगल बीचको खेलमा उपनिवेशकालीन इतिहासको पृष्ठभूमि रहनेछ । जुन २३ मा घाना र इङ्ग्ल्यान्डबीचको खेल पनि ऐतिहासिक सम्बन्धका कारण चर्चामा रहनेछ । इरान र इजिप्ट बीचको खेल सियाटलमा हुनेछ । स्थानीय रूपमा यसलाई “प्राइड म्याच” भनेर चर्चा गरिएको छ, जसले ीन्द्यत्त्त समुदायप्रति समर्थन जनाउने उद्देश्य राखेको छ ।
हैटी सन् १९७४ पछि पहिलोपटक विश्वकपमा फर्किँदैछ र उसले स्कटल्यान्डविरुद्ध खेल्नेछ । २८ वर्षपछि हैटी विश्वकपमा फर्किएको टोली हो ।
यसरी, सन् २०२६ को विश्वकप केवल फुटबल प्रतियोगिता मात्र नभई नयाँ इतिहास, नयाँ राष्ट्रहरूको उदय, विश्व फुटबलका दिग्गजहरूको सम्भावित अन्तिम विश्वकप र अनेक राजनीतिक–सांस्कृतिक कथाहरूले भरिएको महाकुम्भ बन्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद