नेभिगेशन
अर्थतन्त्र

आईएमई लाइफ केयर एनपी ‘ए’ माइनसमा स्तरोन्नति

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले इस्युअर रेटिङमा महŒवपूर्ण उपलब्धि हासिल गरेको छ । केयर रेटिङ्स नेपालले कम्पनीको मूल्यांकनलाई केयर एनपी बीबीबी प्लसबाट स्तरोन्नति गर्दै केयर एनपी ‘ए’ माइनस प्रदान गरेको हो ।
यो स्तरोन्नति कम्पनीको सुदृढ वित्तीय अवस्था, प्रभावकारी जोखिम व्यवस्थापन, सुधारोन्मुख व्यावसायिक कार्यसम्पादन, सुशासनप्रतिको प्रतिबद्धता तथा बिमित एवं सरोकारवालाप्रति निरन्तर विश्वास कायम गर्न सफल भएको प्रमाणका रूपमा लिइएको छ । केयर एनपी ‘ए’ माइनस मूल्यांकनले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने पर्याप्त क्षमता रहेको तथा अघिल्लो मूल्यांकनको तुलनामा अझ उत्कृष्ट संस्थाका रूपमा स्थापित भएको संकेत गर्दछ ।
कम्पनी व्यवस्थापनले उक्त स्तरोन्नति सम्पूर्ण सरोकारवालाहरूको विश्वास, सहयोग र प्रतिबद्धताको प्रतिफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि ग्राहक सेवा, संस्थागत सुशासन, नवप्रवर्तन तथा दीर्घकालीन वित्तीय स्थायित्वलाई थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्