नेभिगेशन
अर्थतन्त्र

सिन्धु विकास बैंक र शिर मेमोरियलबीच सम्झौता

काठमाडौं । सिन्धु विकास बैंक र शिर मेमोरियल एड्भेन्टिस्ट हस्पिटलबीच बैंकका कर्मचारी तथा ग्राहकलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । सम्झौताअनुसार बैंकका कर्मचारी तथा खातावालाहरूले अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवाहरूमा विशेष छुट तथा सहुलियत प्राप्त गर्नेछन् ।
यस सहकार्यले गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुका साथै बैंकका कर्मचारी र ग्राहकहरूको स्वास्थ्य सुरक्षामा सकारात्मक योगदान पुग्ने विश्वास लिइएको छ । सम्झौतापत्रमा सिन्धु विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशकुमार केसी तथा शिर मेमोरियल एड्भेन्टिस्ट अस्पतालका तर्फबाट प्रमुख प्रशासनिक अधिकृत सूर्यप्रभा शाक्यले हस्ताक्षर गरिन् ।
सम्झौता कार्यक्रममा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रमोद न्यौपाने तथा मार्केटिङ विभागका भुवन निरौला को उपस्थिति थियो । त्यसैगरी अस्पतालका तर्फबाट मानव संसाधन विभाग प्रमुख उमेश यमन थापा तथा प्रशासनिक कर्मचारी निशा गौतम सहभागी थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्