नेभिगेशन
खेलकुद

कीर्तिमानी मैदान

विश्वकपमा सबैभन्दा बढी गोल गर्ने कीर्तिमानको दौडमा अझै लागिपरेका भए पनि लियोनेल मेसीको नाममा विश्वकपमा सबैभन्दा बढी मिनेट खेलेको कीर्तिमान भने पहिले नै सुरक्षित भइसकेको छ ।
आठ पटकका ब्यालोन डी’ओर विजेता मेसीले २६ विश्वकप खेलमा २ हजार ३ सय १४ मिनेट मैदानमा बिताएका छन् । यो उनीपछिका दोस्रो स्थानमा रहेका पूर्वइटालेली रक्षक पाओलो माल्दिनीको भन्दा ९८ मिनेट बढी हो, जो सन् १९९४ मा उपविजेता बनेका थिए ।
सन् १९९० को विश्वकप र ब्यालोन डी’ओर विजेता जर्मनीका महान् मिडफिल्डर लोथर म्याथ्युज आफ्नो खेल जीवनमा २ हजार मिनेटभन्दा बढी (२,०४५ मिनेट) विश्वकप खेल्ने अर्का एक मात्र खेलाडी हुन् ।
सन् १९५४ देखि १९७० को बीचमा पश्चिम जर्मनीका स्ट्राइकर रहेका उवे सकभअतष्यललर १ हजार ९ सय ८० मिनेटसहित चौथो स्थानमा छन् । अर्जेन्टिनाका हाभियर मास्केरानो (१,९५० मिनेट) र डिएगो म्याराडोना (१,९४० मिनेट) क्रमशः पाँचौँ र छैटौँ स्थानमा छन् ।
जर्मनीका पूर्वडिफेन्डर फिलिप लाम (१,९२० मिनेट) सातौँ स्थानमा छन् भने फ्रान्सका ह्युगो लोरिस तथा पोल्याण्डका भ्लादिस्लाभ जमुडा र ग्र्जेगोर्ज लाटो शीर्ष १० को बाँकी स्थानमा पर्छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्