नेभिगेशन
खेलकुद

सबैभन्दा बढी विश्वकप जित्ने देश कुन हो?

पुरुष फिफा विश्वकपको ९६ वर्ष लामो इतिहासमा अहिलेसम्म मात्र आठवटा देशले उपाधि जित्न सकेका छन् । तीमध्ये छ वटा देशले एकभन्दा बढी पटक यो सफलता पाएका छन् ।
ब्राजिलले सबैभन्दा बढी पाँच पटक विश्वकप जितेर कीर्तिमान बनाएको छ । उसले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा उपाधि जितेको थियो ।
त्यसपछि जर्मनी र इटाली सबैभन्दा सफल देश हुन्, जसले चार–चार पटक ट्रफी उचालेका छन् । जर्मनीले जितेका चारमध्ये तीनवटा उपाधि सन् १९९० को विश्वकपटपछि पूर्वी र पश्चिम जर्मनी एकीकृत हुनुअघि पश्चिम जर्मनीका रूपमा जितेको थियो ।
साविक विजेता अर्जेन्टिनाको नाममा तीनवटा विश्वकप उपाधि छ भने फ्रान्स र उरुग्वेले दुई–दुई पटक प्रतियोगिता जितेका छन् ।
इङ्गल्याण्ड र स्पेन मात्र एक–एक पटकका विजेता हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्