नेभिगेशन
अर्थतन्त्र

बैंकिङ कसुर मुद्दामा फरार सविता कार्की १२ वर्षपछि पक्राउ

काठमाडौं । बैकिङ कसुको मुद्दामा दोषी ठहर भएर फरार भएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुरमा दोषी ठहर भई ८ करोड ५० लाख रुपैयाँ जरिबाना र ३ वर्ष कैद सजाय सुनाइएकी सविता कार्कीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार काठमाडौंको गोकणेश्वरबाट पक्राउ गरेको हो । सीआईबीले कार्कीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ । हाउजिङ तथा निर्माण कार्य गर्ने भनी कृत्रिम परियोजना खडा गरेर क्यापिटल मर्चेन्ट बैंकिङ तथा फाइनान्सका पदाधिकारी र कर्मचारीलाई प्रभावमा पारी कर्जा लिएर दुरुपयोग गरेको मुद्दामा उनी दोषी ठहर भएकी थिइन् । उनलाई तत्कालीन पुनरावेदन अदालत पाटनले २०७१ वैशाख २९ गते बैकिङ कसुरमा दोषी ठहर गर्दै ३ वर्ष कैद र ८ करोड ५० लाख रुपैयाँ जरिवाना फैसला सुनाएको थियो । उनलाई अदालतले दोषी ठहर गरेर सजाय सुनाएपनि फरार थिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्