नेभिगेशन
अर्थतन्त्र

निजी क्षेत्रको प्रवर्धनबिना अर्थतन्त्र बलियो बन्न सक्दैनः राजेशकाजी श्रेष्ठ

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका सल्लाहकार परिषद् अध्यक्ष एवं पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रको विस्तार नै मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिको प्रमुख आधार भएको बताएका छन् । काठमाडौंको सितापाइलामा फेसियल हाउसको १२औं शाखा उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै श्रेष्ठले निजी क्षेत्रलाई प्रोत्साहन नगरी देशको अर्थतन्त्र सुदृढ हुन नसक्ने धारणा व्यक्त गरे । उनले फेसियल हाउसले दुई सयभन्दा बढी युवालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएर उदाहरणीय कार्य गरेको उल्लेख गर्दै रोजगारी सिर्जना गर्नु नै सबैभन्दा ठूलो सामाजिक योगदान भएको बताए । ‘रोजगारी सिर्जना गर्नु नै सबैभन्दा ठूलो सामाजिक योगदान हो । फेसियल हाउसले सयौं युवालाई रोजगारी दिएको छ, यसले देशको अर्थतन्त्रलाई समेत महŒवपूर्ण टेवा पु¥याएको छ,’ उनले भने । श्रेष्ठले सेवा क्षेत्रका यस्ता सफल नेपाली उद्यमहरू विस्तार हुँदै जाँदा आर्थिक गतिविधि बढ्नुका साथै युवाका लागि स्वदेशमै रोजगारीका अवसर सिर्जना हुने विश्वास व्यक्त गरे । उनले फेसियल हाउसलाई आगामी दिनमा थप शाखा विस्तार गर्दै अझ सफल बन्न शुभकामना पनि दिए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले फेसियल हाउसले सौन्दर्य सेवा मात्र नभई छालाको उपचार, सीप विकास र महिला आर्थिक सशक्तीकरणमा समेत उल्लेखनीय योगदान पु¥याइरहेको बताइन् । सञ्चार उद्यमी तथा महिला उद्यमी महासंघ नेपालकी निवर्तमान अध्यक्ष शोभा ज्ञवालीले निरन्तर मेहनतले फेसियल हाउसलाई आजको सफल स्थानमा पु¥याएको उल्लेख गर्दै महिलाले पनि व्यवसाय र रोजगारी सिर्जनामा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने उदाहरण बनेको बताइन् । शाखा विस्तारबारे बोल्दै फेसियल हाउसकी संस्थापक सुश्मा महराले १८ वर्षअघि काठमाडौं मल, सुन्धाराबाट यात्रा सुरु गरेको फेसियल हाउसले हाल काठमाडौं, पोखरा, सुर्खेत, नेपालगञ्ज, ललितपुर, चितवन, धनगढी र इटहरीमा सेवा विस्तार गरिसकेको बताइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्