नेभिगेशन
अर्थतन्त्र

असार १५ मा ७५ लाख लिटर दही खपत, १ अर्ब रुपैयाँ बढीको कारोबार

काठमाडौं । राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका रूपमा मनाइने असार १५ का अवसरमा यो वर्ष देशभर करिब ७५ लाख लिटर दही खपत भएको छ । देशभर ७५ लिटर दही खपत हुँदा १ अर्ब रुपैयाँ बढीको कारोबार भएको हो । 
यो पर्व नेपाली कृषि संस्कृति, दुग्ध व्यवसाय र ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने महत्त्वपूर्ण अवसरका रूपमा स्थापित भएकाले पनि यो दिन दहीको अधिक खपत हुने गरेको नेपाल डेरी एसोसिएसनले जनाएको छ । असार १५ दही–चिउरा खाने परम्परा नेपाली समाजको सांस्कृतिक पहिचानसँग मात्र जोडिएको नभई यो दिनले दुग्ध उत्पादन, बजारीकरण र किसानको आम्दानी बढाउने आर्थिक गतिविधिलाई समेत उल्लेखनीय रूपमा टेवा पु¥याउँदै आएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले बताए । उनका अनुसार यस दिन हुने दहीको उच्च खपतले दूध उत्पादक किसानदेखि दुग्ध सहकारी, संकलन केन्द्र, डेरी उद्योग, ढुवानी व्यवसायी र खुद्रा विक्रेतासम्मको सम्पूर्ण दुग्ध मूल्य श्रृङ्खलाई प्रत्यक्ष लाभ पुग्ने गरेको छ । असार १५ मा दही–चिउरा खाने चलन विस्तार हुँदै जाँदा हरेक वर्ष यो पर्वमा दहीको माग उल्लेखनीय रूपमा बढ्ने गरेको छ । यसले स्वदेशी दूधको खपत बढाउनुका साथै दुग्ध उद्योगलाई पनि उत्पादन वृद्धि गर्न प्रेरित गरेको छ । असार १५ लक्षित गरेर डेरी उद्योगहरूले केही साताअघिदेखि नै अतिरिक्त दूध संकलन गरी दही उत्पादन बढाएका थिए । बजारको माग धान्न उद्योगहरूले उत्पादन क्षमता विस्तार गर्नुका साथै चिस्यानयुक्त ढुवानी, वितरण सञ्जाल र बिक्री व्यवस्थापनमा पनि विशेष तयारी पनि गरेका थिए । काठमाडौं उपत्यकासहित पोखरा, विराटनगर, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढी, जनकपुरलगायत प्रमुख शहरमा दहीको माग सामान्य दिनको तुलनामा चार गुणासम्म बढ्ने व्यवसायीहरूको भनाइ छ । धेरै डेरी पसलले बिहानदेखि साँझसम्म अतिरिक्त समय सञ्चालन गरी उपभोक्तालाई सेवा दिएका थिए । नेपालमा हाल दैनिक ७६ लाख लिटर दूध उत्पादन हुँदै आएको छ । दुग्ध क्षेत्रमा देशभरका करिब ६ लाख किसान परिवार प्रत्यक्ष रूपमा आबद्ध छन् । लाखौं किसानको जीविकोपार्जनसँग जोडिएको यो क्षेत्रले कृषि कुल गार्हस्थ्य उत्पादनमा उल्लेखनीय योगदान पु¥याउनुका साथै हजारौंलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी उपलब्ध गराइरहेको छ । दूध उत्पादन, संकलन, प्रशोधन, ढुवानी, प्याकेजिङ र बिक्री–वितरणमा ठूलो जनशक्ति संलग्न रहेकाले दुग्ध क्षेत्र ग्रामीण अर्थतन्त्रको महत्त्वपूर्ण आधार बनेको डेरी एसोसिएसनले जनाएको छ । १५ जस्ता पर्वले किसानले उत्पादन गरेको दूधको सहज बजार सुनिश्चित गर्ने भएकाले यसको आर्थिक महŒव अझ बढी छ । सामान्य अवस्थामा बिक्री हुन कठिन हुने अतिरिक्त दूध पनि दही उत्पादनमार्फत बजारमा खपत हुने भएकाले किसानले प्रत्यक्ष लाभ पाउने अवस्था सिर्जना हुने गरेका छन् । यसले दूध खेर जाने सम्भावना घटाउनुका साथै किसानको आम्दानी वृद्धि गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरिएको छ । नेपाल डेरी एसोसिएसनले नेपाली समाजमा परम्परागत रूपमा प्रयोग गरिने दही र मोही केवल खानाका परिकार नभई पोषणयुक्त खाद्य पदार्थ भएको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्