नेभिगेशन
अर्थतन्त्र

टोखा रोडमा कजारिया रमेश टायल्सको नयाँ शोरूम, बजार विस्तार तीव्र

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको टोखा रोडमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । जगदम्बा इन्टरनेसनलसँगको सहकार्यमा सञ्चालनमा आएको उक्त शोरूममार्फत कम्पनीले उपत्यकामा आफ्नो रिटेल सञ्जाल विस्तार गरेको हो । नयाँ शोरूमको उद्घाटन कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र मिस कस्मो नेपाल २०२५ दीपशिखा नेपालले संयुक्त रूपमा गरे । उद्घाटन कार्यक्रममा कम्पनीका प्रतिनिधि तथा जगदम्बा इन्टरनेसनलको व्यवस्थापन टोलीको उपस्थिति थियो । ग्राहकलाई सहज र उत्कृष्ट किनमेल अनुभव दिने उद्देश्यले आधुनिक ढाँचामा तयार गरिएको शोरूममा फ्लोर तथा वाल टायल्सका विभिन्न डिजाइन, साइज र टेक्सचर उपलब्ध गराइएको छ । घरधनी, निर्माण व्यवसायी तथा इन्टेरियर डिजाइनरहरूले आफ्नो आवश्यकता अनुसार टायल छनोट गर्न सक्नेछन् । उद्घाटनका अवसरमा निर्देशक हिमांशु अग्रवालले टोखा रोड र आसपासका क्षेत्रमा बढ्दो निर्माण गतिविधिलाई लक्षित गर्दै विश्वस्तरीय टायल्स स्थानीय ग्राहकसम्म पु¥याउने उद्देश्यले नयाँ शोरूम सञ्चालन गरिएको बताए । उनले ग्राहकलाई गुणस्तरीय उत्पादन र आधुनिक डिजाइन सहज रूपमा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता रहेको बताए । कजारिया रमेश टायल्सले उन्नत प्रविधि र अन्तर्राष्ट्रिय मापदण्डअनुसार उत्पादन गर्दै आएको जनाएको छ । कम्पनीले ३ हजारभन्दा बढी डिजाइन विकल्पसहित ग्लेज्ड भिट्रिफाइड टायल्स, सेरामिक वाल टायल्स तथा हेभी ड्युटी भिट्रिफाइड टायल्स बजारमा उपलब्ध गराउँदै आएको छ । गुणस्तर र नवप्रवर्तनमा जोड दिँदै आएको कम्पनीले नेपालभर १०० भन्दा बढी शोरूममार्फत सेवा विस्तार गरिरहेको छ । विश्वस्तरीय ब्रान्डका रूपमा स्थापित कजारियाले विभिन्न अन्तर्राष्ट्रिय मान्यता तथा प्रमाणपत्रसमेत प्राप्त गरेको जनाएको छ । कम्पनीका अनुसार नयाँ शोरूम सञ्चालनसँगै टोखा रोड तथा आसपासका ग्राहकले कजारियाका प्रिमियम टायल्स सहज रूपमा अवलोकन तथा खरिद गर्न सक्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्