नेभिगेशन
खेलकुद

मेक्सिकोको किल्ला भत्काउँदै इंग्ल्यान्ड क्वार्टरफाइनलमा

विश्वकप २०२६ मा इंग्ल्यान्डले अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्दै घरेलु समर्थकको विशाल दबाबबीच आयोजक मेक्सिकोलाई ३–२ ले पराजित गरेको छ । अज्टेका रंगशालामा भएको यो जितले इंग्ल्यान्डलाई क्वार्टरफाइनलमा पु¥याएको मात्र होइन, टोली उपाधिको प्रमुख दाबेदारका रूपमा स्थापित भएको संकेत पनि दिएको छ ।
खेल सुरु हुनुअघि आएको भीषण आँधीका कारण एक घण्टा ढिलो भएको यो प्रतिस्पर्धा सुरुदेखि नै नाटकीय रह्यो । समुद्री सतहबाट करिब सात हजार फिट उचाइमा रहेको अज्टेका रंगशालामा मेक्सिकोको पक्षमा हजारौं समर्थकको चर्को समर्थन थियो । यस्तो प्रतिकूल वातावरणमा पनि प्रशिक्षक थोमस टुखेलले तयार पारेको रणनीति प्रभावकारी देखियो ।
इंग्ल्यान्डले सुरुआतमा बल नियन्त्रण गर्दै मेक्सिकोको आक्रामक शैलीलाई निष्क्रिय बनायो । त्यसको प्रतिफल पहिलो हाफको अन्त्यतिर जुड बेलिंघमले ९८ सेकेन्डको अन्तरमा गरेका दुई गोलका रूपमा देखियो । मेक्सिकोले जुलियन किन्योनेसमार्फत एक गोल फर्काए पनि इंग्ल्यान्डले खेलमाथिको नियन्त्रण गुमाएन ।
दोस्रो हाफमा जारेल क्वान्साह रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि इंग्ल्यान्ड १० खेलाडीमा सीमित भयो । त्यसपछि घरेलु टोलीले निरन्तर दबाब सिर्जना ग¥यो । तर कप्तान ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई ३–१ को अग्रता दिलाए । केहीबेरपछि केनकै गल्तीका कारण मेक्सिकोले अर्को पेनाल्टी पाउँदै अन्तर ३–२ मा झा¥यो । अन्तिम ११ मिनेटको अतिरिक्त समयमा मेक्सिकोले बराबरीका लागि लगातार आक्रमण गरे पनि इंग्ल्यान्डको रक्षापंक्ति र गोलरक्षक जोर्डन पिकफोर्ड चट्टानझैं उभिए ।
यस जितमा बेलिंघम र पिकफोर्ड मुख्य नायक बने । बेलिंघमले दुई गोलसँगै निर्णायक रक्षात्मक योगदान पनि दिए भने पिकफोर्डले राउल हिमेनेजका दुई उत्कृष्ट प्रयास विफल पार्दै टोलीलाई संकटबाट जोगाए । उनले विश्वकपमा इंग्ल्यान्डका लागि सर्वाधिक १७ खेल खेल्ने कीर्तिमानसँग बराबरी पनि गरेका छन् ।
प्रशिक्षक टुखेलको रणनीतिक क्षमता पनि यस खेलको अर्को महŒवपूर्ण पक्ष रह्यो । टोली १० खेलाडीमा सीमित भएपछि उनले पाँच सदस्यीय रक्षापंक्ति अपनाउँदै खेलको लय परिवर्तन गरे । सही समयमा गरिएका खेलाडी परिवर्तन र रक्षात्मक संयोजनले अन्तिम दबाब सहन इंग्ल्यान्डलाई मद्दत पुग्यो ।
यो जितको महŒव क्वार्टरफाइनल प्रवेशमा मात्र सीमित छैन । मेक्सिकोले आफ्नो घरेलु मैदान अज्टेकामा प्रतिस्पर्धात्मक फुटबलमा विरलै हार बेहोरेको इतिहास छ । त्यसमाथि उचाइ, मौसम, समर्थकको दबाब र एक खेलाडी कम हुँदा पनि इंग्ल्यान्डले संयम, आत्मविश्वास र सामूहिक खेल प्रदर्शन ग¥यो । यसले टोलीको मानसिक दृढता र उपाधिका लागि आवश्यक प्रतिस्पर्धात्मक क्षमता प्रमाणित गरेको छ ।
अब इंग्ल्यान्डले क्वार्टरफाइनलमा नर्वेको सामना गर्नेछ । मेक्सिकोविरुद्धको प्रदर्शनलाई आधार मान्ने हो भने टुखेलको टोली विश्वकप जित्ने लक्ष्यतर्फ थप आत्मविश्वासका साथ अघि बढेको देखिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्