नेभिगेशन
राजनीति

चुनावमा शून्य दलको ‘अग्रगामी मोर्चा’

काठमाडौं । गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा एक जना पनि जिताउन असफल र हाल संसद्मा नरहेका मधेस केन्द्रीत दलले ‘अग्रगामी मोर्चा’ गठन गर्ने भएका भएका छन् । केपी शमौ ओली र पुष्पकमल दाहाल नजिकिँदै आफ्ना पार्टीहरु एमाले र नेकपाबीच प्रदेशका लागि सत्ता गठबन्धन गरेपछि अरु दलमा पनि गठजोडको चासो बढेको हो । दुवै दल नजिकका मधेस केन्द्रित दल पनि छुट्टै मोर्चाबन्दीमा जुटेका हुन् । मोर्चाको आधिकारिक घोषणा आगामी शनिबार गरिने भएको छ । 
मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, डा. सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीजस्ता मुख्य क्षेत्रीय तथा जातीय आधार भएका दलहरू सामेल छन् । जसपा र जनमत पार्टी मधेस प्रदेशमा यसअघि बलियो जनाधार भएको पार्टी थिए । प्रदेश सभामा उनीहरुको बलियो उपस्थिति भए पनि संघीय निर्वाचनमा भने दुवै दलले कुनै सिट जित्न सकेनन् । 
त्यसैगरी जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी, रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी, प्रभु साह नेतृत्वको आम जनता पार्टी र बहुजन एकता पार्टी मोर्चामा रहनेछन् । 
राजनीतिक रूपमा फरकफरक पृष्ठभूमि र भूगोलमा प्रभाव जमाएका यी दलहरूको एकीकृत मोर्चाले देशको राजनीतिमा नयाँ शक्ति सन्तुलन पैदा गर्ने दाबी गरेका छन् । 
आउँदो निर्वाचनमा छरिएर होइन, एउटै साझा चुनाव चिह्न लिएर जनतामाझ जाने गृहकार्य समेत मोर्चाले गरेको छ । नेताहरूका अनुसार मोर्चाभित्र विचार, कार्यदिशा र कार्यशैलीका हिसाबले कुरा मिल्दै गएमा भविष्यमा पूर्ण पार्टी एकताकै तहसम्म पुग्ने मार्गचित्र तय गरिएको छ ।
अहिलेसम्मका राजनीतिक आन्दोलनहरूबाट प्राप्त भएका संघीयता, समावेशिता जस्ता महŒवपूर्ण उपलब्धिलाई जोगाउनु यस मोर्चाको मुख्य प्राथमिकता रहने बताइएको छ । 
त्यसका साथै सामाजिक तथा आर्थिक रूपमा पछाडि पारिएका वर्गको अधिकार सुनिश्चित गर्दै परम्परागत शक्तिहरूको सशक्त विकल्पका रूपमा काम गर्ने दाबी मोर्चाका नेताहरूले गरेका छन् ।
साउन २३ गते आयोजना हुने विशेष घोषणा सभामार्फत मोर्चाको साझा न्यूनतम कार्यक्रम र भावी कार्यदिशा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्