नेभिगेशन
दृष्टिकोण

भारत भ्रमणबाट पलाएको आशा र विश्वास

प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भ्रमणलाई भारतीय सरकारी अधिकारी तथा निजी क्षेत्रले निकै महŒव दिएको छ । नेपालमा विशेष राजनीतिक परिवेशबाट बनेको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारलाई भारत सरकारले विशेष महŒव र प्राथमिकता दिएको भ्रमणका क्रममा स्पष्ट देखियो । भारतीय प्रधानमन्त्री दामोदर नरेन्द्र मोदीको विशेष निमन्त्रणमा भारत भ्रमणमा गएका प्रधानमन्त्री शाहको भ्रमणमा यसपटक आर्थिक विकास र पूर्वाधार क्षेत्रमा विशेष महŒव पाएको देखिन्छ । यसपटकको भ्रमणमा विगतदेखि नै विवादमा रहेको सीमा तथा राजनीतिक मुद्दाभन्दा आर्थिक विकास र लगानीको वातावरण निर्माण गर्न भ्रमण केन्द्रित भएको देखिन्छ । नेपालमा गत वर्ष युवाहरूको विद्रोह तथा जेनजी आन्दोलनपछि परिवर्तन भएको राजनीतिक अवस्था र त्यसपछि भएको निर्वाचनबाट बनेको करिब दुई तिहाईको बलियो सरकार भएकाले पनि भारतीय समकक्षी सरकारी अधिकारी तथा भारतीय निजी क्षेत्र र भारतको नागरिक समाजले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको सरकारले गर्ने रेस्पोन्स र व्यवहार विगतको भन्दा फरक रहेको जानकारहरूको बुझाइ छ । विगतमा भन्दा यसपटक भारतीय प्रधानमन्त्री मोदीसमेत नेपालका प्रधानमन्त्री विश्वकै सबैभन्दा कान्छा उमेरका प्रधानमन्त्री भनेर सम्बोधन गरेका थिए । संयुक्त राष्ट्र संघको महासभाको बैठकमा नेपालका प्रधानमन्त्री शाहले गरेको सम्बोधनबाट पनि भारतीय प्रधानमन्त्री प्रभावित भएको भनाइ प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनमा गरेका थिए । प्रधानमन्त्री बालेन्द्रसँगका दुई पक्षीय कुराकानीमा यसपटक नेपालको आर्थिक विकासका नयाँ अवसर र सम्भावनाहरूले प्राथमिकता पाएको देखिन्छ । हालसम्मका प्रधानमन्त्रीको भारत भ्रमणहरूभन्दा यसपटकको भ्रमणमा भारत सरकारले घोषणा गरेको अनुदान तथा ऋण सहयोग अहिलेसम्मकै सबैभन्दा बढी राशी रहेको छ । नेपाली रुपैयाँमा प्रदान गरिएको यो राशी २ खर्ब ८४ अर्ब बराबरको रकम हो । प्रधानमन्त्रीको भ्रमणको क्रमम घोषणा गरिएको यो रकम सम्भवतः सबैभन्दा बढी हो । 
नेपालको परिवर्तित अवस्थामा भएको प्रधानमन्त्रीको भारत भ्रमणमा समुन्नत भारत र समृद्ध नेपालको दुई देशका अधिकारीहरूले नेपाल र भारतबीचको आर्थिक विकास र समृद्धिका लागि विभिन्न नयाँ संभावनाहरूको खोजी गरेको देखिएको छ । 
त्यसैगरी भदौ १० गते रसुवा स्थित भोटकोशीमा तिब्वततर्फबाट आएको हिमनदी तथा हिम पहिरोको कारण रसुवा, नुवाकोट, धादिङ चितवनलगायतका विभिन्न जिल्लाहरूमा पारेको विपद्बाट भएको क्षति तथा नोक्सानीबाट भएको ठूलो नोक्सानीको पूर्ननिर्माण तथा पुर्नस्थापनाका लागि भारतले गरेको सहयोग र प्रतिबद्धता पनि महŒवपूर्ण रहेको देखिएको छ । त्यसैगरी भ्रमण दलमा सहभागी नेपाली निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ, विभिन्न निजी क्षेत्रका संघ संस्थाहरू र भारतीय निजी क्षेत्रको तर्फबाट सीआईआईको सयुक्त आयोजनामा भएको भारत नेपाल विजनेस राउण्ड टेबलमा नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका बाणिज्य राज्य मन्त्री जितेन प्रसादको उपस्थितिमा दुई देशका उद्यमी व्यवसायीहरूले नेपाल र भारतबीचको व्यापार, खुला सीमानामा हुने समस्या, दुई पक्षीय लगानी र नेपालको नयाँ परिवेशमा हुन सक्ने दुई पक्षीय लगानी र स्वार्थको विषयमा छलफल भएको थियो । दुई देश बीच भएका उद्यमी व्यवसायीहरूबीच भएको यो छलफल र यसमा उठेका विषयहरूलाई दुवै देशका मन्त्रीहरूले सम्बोधन गरेका थिए । 
निश्चित रूपमा नेपाल र भारतबीच सदियौंदेखिका राजनीतिक मुद्धा, सीमा विवाद र दुई पक्षीय व्यापार, भन्सार र पारवाहनका समस्याहरू छन् । यी समस्याहरू सुल्झाउनुपर्छ । तर, यसपटकको भ्रमण नेपालको एउटा फरक राजनीतिक परिवेश र युवापुस्ताको नेतृत्वमा रहेको अहिलेको अवस्थामा छिमेकी मुलुक भारत नेपालसँग आफ्नो पुरानो सम्बन्ध र कूटनीतिक सम्बन्धमा सुधार गरी नयाँ ढंगबाट अघि बढ्न खोजेको स्पष्ट रूपमा देखिन्छ । यसपटक भारतले नेपाललाई भैरहवा लखनउ नयाँ हवाई रुटका लागि भारत सरकारले सहमति जनाएको छ । दुई प्रधानमन्त्रीले ‘विकसित भारत र समुन्नत नेपाल’ संयुक्त दृष्टिकोणपत्र पनि स्वीकार गरेका छन् । यसले आगामी दिनमा दुई देशबीचको साझेदारीलाई दिशानिर्देश गर्नेछ । आर्थिक तथा विकास साझेदारी, सम्पर्क सञ्जाल, ऊर्जा, जलस्रोत र जनस्तरको सम्बन्धलाई थप बलियो बनाउने विषय यसमा समेटिएको छ । जलवायु अनुकूलन, विपद् जोखिम न्यूनीकरण, खेलकुद, नवप्रवर्तन, डिजिटल सेवा र अन्तरिक्ष प्रविधिमा समेत सहकार्य विस्तार गर्ने उल्लेख छ ।
हवाई सम्पर्क विस्तारका विषयमा पनि दुवै देशबीच सहमति भएको छ । हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको काठमाडौं–भैरहवा–लखनउ बी३४५ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको छ । यसका लागि प्राविधिक छलफल गरी कार्यान्वयनको विधि तय गरिने सहमति भएको छ । नेपालको पारवहन व्यापारलाई सहज बनाउन भारतले गुजरातस्थित दीनदयाल बन्दरगाहसम्म पहुँच दिने भएको छ । आवश्यक पूर्वाधार तयार भएपछि ओडिसास्थित पारादीप बन्दरगाह प्रयोग गर्न पनि नेपाललाई अनुमति दिइने संयुक्त वक्तव्यमा उल्लेख छ ।
सीमापार सम्पर्क सञ्जाल विस्तारका लागि नयाँ रेलमार्ग, पुल, एकीकृत जाँच चौकी र पेट्रोलियम पाइपलाइन निर्माणलाई तीव्रता दिने सहमति भएको छ । यसै क्रममा अयोध्या र जनकपुरबीच सरयू–कमला एक्सप्रेस रेलसेवाको उद्घाटन गरिएको छ । यसले रामायण सर्किटअन्तर्गत धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । बौद्ध र शिवशक्ति धार्मिक पर्यटन मार्ग विकास गर्ने सम्भावनाबारे पनि दुवै पक्षले छलफल भएको छ । 
रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्वेक्षण सम्पन्न भएको घोषणा गरिएको छ । नेपालमा पूर्व–पश्चिम रेलमार्ग निर्माणमा पनि भारतले सहकार्य गर्ने भएको छ । यसबाहेक, भारतको बनबासामा नयाँ एकीकृत जाँच चौकी निर्माणको शिलान्यास गरिएको छ । भैरहवा, सुनौली र दोधारा–चाँदनीमा निर्माणाधीन जाँच चौकीको प्रगतिप्रति दुवै पक्षले सन्तुष्टि जनाएका छन् । भारत र नेपालबीच यसअघि नै तीनवटा एकीकृत जाँच चौकी सञ्चालनमा छन् ।
यसैबीच, भारतको धार्चुला र नेपालको दार्चुलाबीच निर्माण गरिएको नयाँ सवारीसाधन चल्ने सीमापार पुलको पनि उद्घाटन गरिएको छ । यसले पश्चिम नेपाल र भारतबीचको प्रत्यक्ष सम्पर्क सहज बनाउनेछ । सीमा स्तम्भको मर्मत तथा सम्भारका लागि भइरहेको संयुक्त कामलाई निरन्तरता दिने र बाँकी सीमा विवाद समाधानका लागि दुवै देशका परराष्ट्र सचिवले काम गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको यसपटकको भ्रमणले जति महŒव पाएको छ र भ्रमणका क्रमम दुई मुलुकहरू बीच भएको सहमति र सम्झौतालाई कार्यान्वयनमा ल्याउन नेपालको सरकारी पक्ष तथा प्रशासनिक संयन्त्रले प्रभावकारी रुपमा काम गर्नु पर्ने देखिन्छ ।  नेपाल भारत बीच उद्यमी व्यवसायीहरू बीच भएको छलफलमा भारतका बाणिज्य राज्य मन्त्री जितेन प्रसादले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको छिटो–छिटो हिँड्ने शैलीलाई नेपाल आफ्नो गन्तव्यतर्फ दौडिरहेको संज्ञा दिएका थिए । पक्कै पनि प्रधानमन्त्रीको काम गर्ने शैली र कामको गतिबाट नेपाल त्यही तरिकाबाट अघि बढेको चर्चा नेपालका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले गरेका थिए ।  
पेट्रोलियम पूर्वाधार विस्तारमा पनि महŒवपूर्ण सहमति भएको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको आयोजना नेपाली जनतालाई समर्पण गरिएको छ । झापामा पेट्रोलियम भण्डारण टर्मिनल निर्माणको शिलान्यास गरिएको छ । भारतको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन निर्माणको काम चाँडै सुरु गर्न दुवै देशले जोड दिएका छन् । नेपाल र भारतबीच ग्यास पाइपलाइन निर्माणमा सहकार्य गर्ने सम्भावनासमेत खोजिने भएको छ ।
ऊर्जा क्षेत्रको सहकार्यअन्तर्गत ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । भारतीय कम्पनीको लगानीमा नेपालमा निर्माण भइरहेका जलविद्युत् आयोजनालाई तीव्रता दिने सहमति भएको छ । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई शीघ्र अन्तिम रूप दिई निर्माण प्रक्रिया अघि बढाउन दुवै प्रधानमन्त्रीले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
त्यसैगरी, सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम तीव्र बनाउने सहमति भएको छ । जलस्रोतको उपयोगबाट दुवै देशले लाभ लिने र बाढीको प्रभाव न्यूनीकरण गर्ने उद्देश्य राखिएको छ । इनरुवा–नयाँ पूर्णिया र दोधारा–बरेली सीमापार उच्च क्षमताका दुई विद्युत् प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी गठन गर्ने प्रक्रियामा भएको प्रगतिप्रति पनि दुवै पक्षले सन्तुष्टि जनाएका छन् ।

विगतका प्रधानमन्त्रीहरू र सरकारका प्रमुखहरूले भारत भ्रमण गर्दा किन विवादमा परे । वास्तवमा नेपाली पक्षले स्वतन्त्र राष्ट्रका रूपमा भारतसँग विवाद र समस्याभन्दा पनि एक छिमेकीका रूपमा समान रूपले आफ्नो समस्या र एजेण्डा राख्न सक्छ ।  भारतले पनि पछिल्लो पटक नेपालले आफ्नो राजनीतिक परिवर्तन, विकास र समृद्धिका लागि नेपाली जनताले गरेको प्रयास र परिवर्तनलाई गम्भीरतापूर्वक लिएको देखिन्छ । यसपटकको भ्रमणले कोरेको नयाँ आयाम र भारत भ्रमणबाट भएको उपलब्धिलाई संस्थागत गर्न नेपाली पक्षले पर्याप्त कूटनीतिक तथा प्रशासनिक काम गर्नुपर्ने देखिन्छ । नेपालको निजी क्षेत्रले पनि आफ्नो प्रतिस्पर्धी व्यापारिक हैसियत प्रस्तुत गर्न सक्नुपर्छ । निजी क्षेत्रले आफ्नो क्षमता र काम गर्ने शैली र संस्कृतिमा परिवर्तन गर्न सकेमा भारतीय निजी क्षेत्रले नेपालसँग सहकार्य गर्न सक्छन् । हाम्रा व्यापारिक जगत्ले पनि आजको युग, प्रविधिमा इमानदारितापूर्वक उद्योग व्यापारमा लाग्न सक्नुपर्छ । अनि मात्र प्रतिस्पर्धी व्यापार र सहकार्यको बाटो तय हुन सक्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण