नयाँदिल्ली । नेपालमा लगानीको सम्भावना प्रशस्तै रहेकाले ढुक्क भएर लगानी गर्न अर्थमन्त्री स्वर्णिम वाग्लेस“गै उद्योगी व्यवसायीले भारतीय लगानीकर्तालाई आग्रह गरे । अर्थमन्त्री वाग्लेले व्यवसायीहरुलाई कुनै दुविधा नराखी लगानी गर्न आग्रह गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रुपमा आयोजना गरेको ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’मा बोल्दै भारतीय लगानीकर्ताले नेपालमा लगानीको राम्रो सम्भावना रहेको पनि बताएका थिए ।
कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न र नेपालमा भएको लगानी विस्तार गर्न भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गरे ।
‘सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नया“ लगानी गर्न म भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गर्दछु,’ वाग्लेले भने, ‘नेपालमा लगानी गरेकाहरूले लगानी विस्तार गर्नुहोस् । नेपाल अहिले लगानीका लागि उर्वर वातावरण र सम्भावना भएको ठाउ“ हो ।’ नेपालमा लगानी अभिवृद्धिका लागि सरकारले कानुनी सुधारलाई सरलीकृत र लगानीमैत्री बनाउ“दै लगेको पनि अर्थमन्त्री वाग्लेले स्पष्ट पारे ।
लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र नाफा फिर्ताको कानुनी सहजीकरणका लागि सरकारले विशेष पहल लिइरहेको अर्थमन्त्री वाग्लेले बताए ।
कार्यक्रममा भारतीय उद्योग राज्यमन्त्री जीतिन प्रसादले दुई देशको सम्बन्ध, व्यापार र लगानीमा चर्चा गर्दै यस्तो सुझाव दिए । उनले भने, ‘प्रधानमन्त्री बालेन्द्र शाह जति छिटाृ हि“ड्छन् मुलुकमा विकासको गति पनि सोही गतिमा अघि बढ्नु पर्छ । महामन्त्री जितिनले नेपालको क्रिकेट पूर्वाधारमा भारतका लगानीकर्ता प्रोत्साहित हुने पनि बताए । हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को प्रसंग निकाल्दै उनले भारतका लगानीकर्ता नेपालको क्रिकेट पूर्वाधारमा लगानीको प्रशस्त सम्भावना रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाले नेपाल भारतीय लगानीकर्ताका लागि राम्रो गन्तव्य मुलुकका रुपमा रहेकाले ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी व्यवसायीलाई आग्रह गरिन ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल र भारतबीच व्यापार, पारवहन, पूर्वाधार, ऊर्जा, प्रविधि र लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्न सातवटा प्राथमिकता अघि सारे । नेपाली उद्योगले भारतमा भोगिरहेका व्यापारिक अवरोध समाधानका लागि दुवै देशका निजी क्षेत्रले संयुक्त पहल गर्नुपर्ने उनको भनाइ छ । श्रेष्ठले भारतसँगको व्यापारिक सम्बन्धलाई थप सन्तुलित र व्यावसायिक बनाउनुपर्ने बताएका हुन् । भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भए पनि नेपाली उद्योगले भारतीय बजारमा अपेक्षित पहुँच पाउन नसकेको उनको भनाइ छ ।
भारत नेपालमा सबैभन्दा ठूलो वैदेशिक लगानीकर्ता पनि हो । नेपालको कुल प्रत्यक्ष वैदेशिक लगानीको करिब एकतिहाइ हिस्सा भारतको छ । तर नेपालमा भारतीय निजी क्षेत्रको लगानी एक अर्ब अमेरिकी डलरभन्दा कम रहेको भन्दै श्रेष्ठले अपेक्षाअनुसार लगानी आउन नसकेकोमा चिन्ता व्यक्त गरे ।
कार्यक्रममा नेपाली उद्योगले भारतमा भोगिरहेका ३ प्रमुख समस्या पनि उठाइएको थियो । जुट उद्योगमा सन् २०१७ देखि लागु एन्टी डम्पिङ शुल्क, स्टिल निर्यातमा लगाइएको सेफगार्ड शुल्क र बीआईएस प्रमाणीकरण प्रक्रियामा हुने ढिलाइ नेपाली उद्योगका प्रमुख समस्या रहेको उल्लेख गरिएको थियो ।
नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्षले विरेन्द्रराज पाण्डेले नेपालमा भारतीय लगानी भित्र्याउन औद्योगिक सहकार्यमा जोड दिएका छन् ।
नेपाल–भारत आर्थिक साझेदारीलाई परम्परागत व्यापारभन्दा माथि उठाएर लगानी, औद्योगिक सहकार्य, प्रविधि हस्तान्तरण र पूर्वाधार विकासमा केन्द्रित गर्नुपर्ने बताएका छन्। नेपालको अर्थतन्त्र ४५ अर्ब अमेरिकी डलरबाट १०० अर्ब डलर पु¥याउने लक्ष्य हासिल गर्न ठूलो पुँजी, औद्योगिक विस्तार र निजी क्षेत्रको सहभागिता आवश्यक रहेको उनको भनाइ छ। जलविद्युत्, नवीकरणीय ऊर्जा, पूर्वाधार, उत्पादनमूलक उद्योग, पर्यटन, कृषि प्रशोधन र सूचना प्रविधिमा भारतीय लगानीको सम्भावना रहेको उनले औँल्याए।
उनले नेपाली र भारतीय उद्योगबीच संयुक्त लगानी तथा साझेदारी विस्तार गर्न आग्रह गर्दै उनले लगानीका लागि नीतिगत स्थिरता, पारदर्शी नियम र प्रभावकारी संस्थागत व्यवस्था आवश्यक रहेको बताए । नेपाल सरकारले लगानीमैत्री वातावरण बनाउन कानुनी तथा प्रशासनिक सुधार अघि बढाएको पनि उनले उल्लेख गरे।
चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल भारत द्धिपक्षियबीच प्राकृतिका सम्बन्ध रहेको र यसलाई संस्थागत गर्ने पर्ने बताए । अब नेपाल भारतबीचको सम्बन्धलाई आर्थिक उन्नतिको आधार बनाउनुपर्ने उनको भनाइ थियो ।
बाढी प्रभावित क्षेत्रको पुनःस्थापना गर्न नेपाल–भारतका निजी क्षेत्रबीच सहकार्य
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ बीच नेपालका बाढी प्रभावित क्षेत्रको राहत, पुनःस्थापना तथा आर्थिक पुनरुत्थानका लागि सहकार्य गर्ने समझदारी भएको छ । सन् २०२६ नोभेम्बर २२ मा भएको सम्झौताअनुसार भारतीय उद्योग परिसंघले भारत सरकार तथा आफना सदस्य उद्योगसँग समन्वय गरी राहत तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्नेछ भने महासंघले नेपाल सरकार, स्थानीय तह र निजी क्षेत्रस“ग समन्वय गर्नेछ।
सम्झौताअन्तर्गत पहिलो चरणमा बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन, निःशुल्क औषधि वितरण, सरसफाइ तथा स्वच्छतासम्बन्धी सामग्री उपलब्ध गराउने र दुईवटा अस्पताललाई आधारभूत जीवनरक्षा सुविधासहितका एम्बुलेन्स हस्तान्तरण गर्ने योजना छ । यी कार्यक्रम सन् २०२६ नोभेम्बरदेखि २०२७ मार्चसम्म सञ्चालन गर्ने प्रस्ताव छ।
दोस्रो चरणमा बाढीबाट प्रभावित परिवारको जीविकोपार्जन पुनःस्थापना, कृषि तथा साना व्यवसाय सञ्चालनका लागि आवश्यक उपकरण र सहयोग उपलब्ध गराउने, सीप विकास तथा व्यावसायिक तालिम सञ्चालन गर्ने योजना छ। साथै प्रभावित लघु, घरेलु तथा साना उद्योगको पुनरुत्थान, वित्तीय तथा बजार पहुँच विस्तार र नेपाली तथा भारतीय उद्योगबीच व्यावसायिक साझेदारी प्रवद्र्धन गरिनेछ।
रसुवा, नुवाकोट र धादिङलगायत बागमती प्रदेशका बाढी प्रभावित क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। कार्यक्रम कार्यान्वयनका लागि दुवै संस्थाले आ–आफ्नो सरकारसँग आवश्यक स्वीकृति तथा समन्वय गर्नेछन्।