अमेरिकालाई अवसरको भूमि भनेर धेरैले भन्ने गर्छन् । यहाँ आएर आफ्नो वैधानिक बसोबासको प्रक्रिया पूरा गर्न पनि निकै कठिनाइ छ । एक आप्रवासीका रूपमा हरेक व्यक्तिले अध्ययन, व्यवसाय र आम्दानीका लागि निकै कठोर परिश्रम, लगनशीलता र कर्तव्यनिष्ट भएर अहोरात्र खटिरहेका हुन्छन् । त्यसको पछाडि वित्तीय स्वतन्त्रता, वैयत्तिक स्वतन्त्रता, प्रोफेशनल करियर, सामाजिक सेवा र विलासी जीवनको महŒवपूर्ण विषयहरू कारक बनेका हुन्छन् ।
त्यसमाथि पनि नेपाल जस्तो अवसरका पर्याप्त उपायहरू नभएको अवस्थाबाट गुज्रिएर, हजारांै माइलको यात्रा पूरा गरेर अमेरिकी भूमिमा नै बस्छु भन्नेहरूको चुनौती पनि निकै छ ।
आफ्नो र परिवारका सदस्यहरूको भाग्य र भविष्यलाई समृद्ध बनाउने मनोकांक्षाका साथ विदेशतिर पाइला लम्काइरहेका हजारांै आप्रवासीहरूलाई यहाँ आइपुगेर हासिल गरिने सफलताका कथाहरूले उनीहरूलाई लागेको हुन्छ— अमेरिका एक स्वर्ग भूमि नै हो ।
खासमा भन्ने हो भने यहाँ आएर अवसरका अनेकन उपायहरूमा अभ्यस्त हुनु आवश्यकता पनि हो । एउटा लगेज, नेपालमा साटिएका केही डलर, आफूले हासिल गरेको डिग्री र सामाजिक प्रतिष्ठा सुटकेशभित्र पोको पारेर अमेरिकाको भूमिमा शून्यबाट सुरु गर्नु असाध्यै चुनौतीपूर्ण रहेको छ । यसलाई अनुभव गर्ने हजारौं नेपाली अमेरिकीहरूलाई आफ्नो आर्थिक समृद्धिको सफलताले दैनिक जीवनको यात्रा डो¥याउन उत्प्रेरित गरिरहेको हुन्छ ।
यी र यसैगरी आफ्नो सपनाको खोजीमा यहाँ आइपुगेर विस्तारै आफ्नो बन्दोबस्त मिलाउनु, रोजगारी जिम्मेवारीपूर्वक वहन गर्नु अनि पारिवारिक दायित्वसमेत पूरा गरेर राजनीतिमा होमिनु भनेको अर्को फलामको ढोका पार गर्नु सरह हो । राजनीतिक यात्राको मार्गमात्र कोरेर पनि भएन, अमेरिकामा आएर यहाँका नागरिकहरूले मतदान गरेर, निर्वाचित जनप्रतिनिधिका रूपमा सेवा गर्ने अवसर पाउनु भनेको महŒवपूर्ण उपलब्धि हो । दोस्रो, यो अमेरिकाको आप्रवासन नीतिको महŒवपूर्ण पाटो पनि हो । किनकि अमेरिकाको कानुनअनुसार अमेरिकाको वंशजको नागरिकता नभए तापनि नागरिक बनिसकेपछि र कुनै आपराधिक पृष्ठभूमि नभएको अवस्थामा स्थानीय, राज्य र संघीय तहका विभिन्न पदहरूमा निर्वाचित भएर सेवा गर्ने अवसर भने आप्रवासीहरूलाई प्रदान गरेको छ ।
नेपाली अमेरिकनहरूको हकमा पहिलो पुस्ताका आप्रवासीहरूका लागि राजनीतिमा होमिन पनि अनेकन चुनौतीहरू सामना गर्नुपर्छ । अध्ययन, रोजगारी, व्यवसाय आदिको तारतम्य मिलाएर मात्र पनि हुँदैन, अमेरिकामा राजनीतिमा होमिनका लागि उम्मेदवारले के–कति रकम उठाउन सक्छन् भन्ने पाटो पनि अलग्गै छ । त्यो विषयमा अर्को लेखमा चर्चा गरौंला । तर, राजनीतिमा होमिनुहुनेहरूका लागि आर्थिक, पारिवारिक र सामाजिकरूपले पनि प्रशस्त कठिनाइको सामना गर्नुपर्ने हुन्छ । नेपाली मूलका अमेरिकीहरूले संघीय, राज्य र स्थानीय तहका सरकारमा सहभागिता जनाउन अनेकन प्रयास नगरेका होइनन् तर सफलता भने केहीलाई मात्र प्राप्त भएको छ ।
अमेरिकाको भूमिमा लागू गर्ने कानुनको निर्माणमा एक सांसदले अध्ययन, अनुसन्धान गर्छन् र संसद्मा बिल पेस गरेर कार्यान्वयनमा लैजान्छन्, यसको अभ्यासमा पनि अनेकन अवरोध, विमर्श र घण्टौंको बहस सुन्न, हेर्न र पढन पर्ने हुन्छ । यसरी कानुन र नीति निर्माण गरेर कार्यान्वयनमा लैजाने नेपाली मूलका विधायक (सांसद) डा. हयारी भण्डारी अग्रणी हुनुहुन्छ । उहाँ नेपाली मूलको निर्वाचित हुने पहिलो व्यक्ति बनेर इतिहास निर्माण गर्न सफल हुनुभएको छ । उहाँले मेरिल्याण्ड राज्यको राज्य सांसदका रूपमा विगत आठ वर्षदेखि काम गर्दै आउनुभएको छ । उहाँ अमेरिकाको भूमिमा कानुन बनाउने पहिलो नेपाली व्यक्ति हुनुहुन्छ भन्दा अतिशयोक्ति हुँदैन ।
वास्तवमा एक विधायकले गर्ने काम के हो ? उनीहरूको काम कर्तव्य र अधिकार के हो भन्ने विषयमा कतिपयलाई जानकारी पनि छैन । मानिसहरूमा जिज्ञासा हुन्छ उनीहरूले के काम गर्छन् । खासमा अमेरिकाका हरेक राज्यमा हुने यस्ता विधायकहरूले गर्ने मुख्य काम भनेको नै राज्यको कानुन निर्माण गर्ने हो । यसरी राज्यले कानुन बनाउँदा केन्द्रीय सरकारले गर्ने कामहरूको जस्तैः कूटनीति, आप्रवासन, सीमा सुरक्षाजस्ता अनेकन विषयहरू छन्, जसमा राज्य तहका विधायकहरूले कानुन बनाउन नपाउने र संघीय सरकारले पास गरिसकेका कानुनहरू बनाउन नपाइने व्यवस्था छ । त्यसैले त्यस्ता विषय अध्ययन गर्नका लागि दर्जनौंको संख्यामा कानुनवेत्ताहरूले राज्य संसद मातहत रहेर काम गरिरहेका हुन्छन् ।
वास्तवमा उनीहरूको मुख्य काम भनेको नै सार्वजनिक नीति निर्माण गर्ने, शिक्षा, स्वास्थ्य तथा वातावरण जस्ता विषयहरूमा कानुन बनाउने, संशोधन गर्ने, गभर्नरले जारी गरेका बिलहरूलाई दुई तिहाइ सांसदहरू मिलेर निस्तेज गर्न सक्छन् ।
यसैगरी नेपालको न्यूरोडमा जन्मिएर अमेरिकाको न्यूयोर्कमा बस्दै आउनुभएकी सह्राना श्रेष्ठले न्यूयोर्कको स्टेट एसेम्बलीमा विजयी भएर नीति निर्माण र कानुन बनाउने काममा आफूलाई उभ्याउनुभएको छ ।
त्यसैगरी गत नोभेम्बर ३ तारिखको दिनमा विजयी बन्नुभएका विश्वबहादुर शाह न्युह्याम्पसायर, मित्र सुवेदी कनेटिक्ट र सुरज बुढाथोकी (न्यह्याम्पसायर) ले पनि आगामी दिनमा ती राज्यहरूमा कानुन निर्माण गर्नुहुनेछ । शाह नेपालको भैरहवाबाट अमेरिकामा आउनुभएको हो भने सुवेदी र बुढाथोकी झापाबाट अमेरिका आउनुभएको हो । पहिलोपटक विजयी भएका सांसदहरूले सिक्दै अनुभव हासिल गरेर आगामी दिनमा कानुन बनाउने प्रक्रियामा भाग लिनेछन् ।
माथि उल्लेख गरिएका नामहरूमा डेलिगेट भण्डारी र श्रेष्ठले आफ्नो राज्यअनुसारको दुई कार्यकाल सेवा गरिसक्नुभएको छ । मेरिल्याण्डमा विधायकको कार्यकाल चार वर्षको हुन्छ भने न्युयोर्कमा दुई वर्षको कार्यकाल सीमा तोकिएको छ । यी दुई नेपाली मूलका अमेरिकीले बनाएको नीति र कानुन ती राज्यहरूमा कार्यान्वयन भइसकेका छन् ।
यी सबैभन्दा अनुभवी, खारिएका र आफ्नो नाममा बिलसमेत लेखाउन सफल भइसक्नुभएका डेलिगेट भण्डारी अग्रपंक्तिमा हुनुहुन्छ । उहाँले एक अनुभवी सांसदका रूपमा र मेरिल्याण्डमा आफ्नो आठ वर्षको कार्यकाल सम्पन्न गरिसक्नुभएको छ । भण्डारीले २९ वटा बिल पारित गराउन सफल हुनुभएको छ भने २३ वटा बिल कानुन बनेर कार्यान्वयनमा गइसकेको छ ।
भनिन्छ नीतिहरूमा सर्वोत्कृष्ट नीति राजनीति हो, राजनीति असल गतिमा छ भने त्यस देश र भूगोलका नागरिकले आफ्ना समस्याहरू राजनीतिज्ञसमक्ष प्रस्तुत गर्छन् । राजनीतिज्ञहरूले नागरिकको समस्या समाधानका लागि सदैव आफूलाई क्रियाशील बनाउँदै कार्यसम्पादन गर्छन् । त्यसपछि त्यो देशका नागरिकले आफूलाई सुरक्षित, सरकारप्रति भरोसायोग्य र उत्तरदायी बनाउन सदैव भूमिका निर्वाह गर्छन् ।
मेरिल्याण्डको राज्य संसद्मा आफ्ना बिलहरूका बारेमा दर्जनांै पटक अन्तरक्रिया गर्दै उनीहरूको सुझावलाई ग्रहण गर्न निकै सीपालु रहनुभएका भण्डारी सोही क्षेत्रबाट तीनपटक जित हासिल गर्न सफल हुनुभएको छ । यो अर्को महŒवपूर्ण पाटो हो ।
भण्डारीले विगतमा सरकार सञ्चालन तथा स्वास्थ्य समितिमा बसेर महŒवपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । अघिल्लो सेसनमा उहाँले इकोनोमिक म्याटरअन्तर्गतको सब–कमिटीमा चेयर भएर काम गर्नुभएको थियो । अब आगामी सेसन जनवरी २०२७ मा हुनेछ । त्यो सेसनमा पनि उहाँ एक अनुभवी, पार्टीको लाइनमा अभ्यासरत एक सवल सांसदका रूपमा १४१ जना सांसदहरूको माझमा आफूलाई खरो रूपमा उपस्थित गराउनुहुनेछ ।
नेपालमा जन्मेर अमेरिकामा आएर निर्वाचित जनप्रतिनिधिका रूपमा उहाँहरूले निर्माण गर्नुभएको कानुन ऐतिहासिक मात्र छैन, अमेरिकाकाको भूमि कति उदार छ भन्ने उत्कृष्ट प्रमाण पनि हो । भण्डारीले अमेरिकाको मेरिल्याण्ड राज्यमा राज्य सांसदका रूपमा काम मात्र गर्नुभएको छैन, उहाँले नेपाली अमेरिकीलाई कसरी मूलधारको राजनीतिमा सहभागिता जनाउने र भविष्यमा विभिन्न तहको चुनावमा भाग लिन उत्प्रेरित गर्ने खालका काम पनि गर्दै आउनुभएको छ । उहाँले यहाँको हाइस्कूलमा अध्ययनरत नेपाली तथा अन्य विभिन्न समूह र समुदायका विद्यार्थीहरूका लागि सरकार सञ्चालन, संसद्को कार्यसम्पादनलगायतका विषयमा प्रशिक्षार्थीका रूपमा सहभागी गराउँदै आउनुभएको छ ।
उता न्युयोर्क स्टेट एसेम्बलीमा सह्राना श्रेष्ठले संयुक्तरूपमा पेश गर्नुभएको बिल पारित भएर लागू भएको छ । उहाँले ‘पब्लिक रिन्यूएवल्स ट्रान्सपरेन्सी एक्ट’, रेड हुक रियल स्टेट ट्रान्सफर ट्याक्स एक्टेन्सन’ जस्ता बिलहरू पारित गराउन सफल हुनुभएको छ ।
यसै वर्षमात्र विजयी बन्नुभएका नयाँ सांसदहरूले भने अर्को साल अर्थात् २०२७ मा आफ्नो कार्यभार सम्हालेपछि कानुन लेखनको प्रक्रियामा सहभागी हुनुहुनेछ ।
अमेरिकामा नेपाली आप्रवासीहरूको आगमन सन् १९६० को दशकबाट भएको भए तापनि सन् १९९५ पछि बढी संख्यामा आएर बसोबास गर्न थालेको मानिन्छ । त्यसअनुसार करिब तीस वर्षको अवधिमा नेपालीहरूको राजनीतिक सहभागिता बढ्दै गएको छ । आशा गरांै भविष्यमा उनीहरूको सहभागिता अझै व्यापकरूपमा बढेर संघीय नीति र कानुन तर्जुमामा पनि नेपाली मूलका अमेरिकीहरूको सहभागिता बढ्न सकोस् ।
(लेखक अधिकारी अमेरिकाको वासिङ्टन डीसीमा पत्रकारितामा आबद्ध छन् ।)