नेभिगेशन
अर्थतन्त्र

प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी हुँदै महासंघ अध्यक्ष पाण्डे भारत प्रस्थान

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण टोलीमा सहभागी हुँदै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे आइतवार भारत प्रस्थान गरेका छन् । 
महासंघ अध्यक्ष पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासंघका वरिष्ठ उपाध्यक्ष रामजी पन्त ‘मुकेश’ सहितका पदाधिकारी एवं कार्यसमिति सदस्यहरू एवं महासंघ सचिवालयका कर्मचारीहरूले बिदाई गरेका थिए । भारतीय अधिकारीहरूसँगको भेटमा महासंघ अध्यक्ष पाण्डेले नेपालमा पूर्वाधारमैत्री ऐन कानून निर्माण भएको अवगत गराउँदै पूर्वाधार क्षेत्रमा लगानी गर्न अनुरोध गर्नेछन् । 
अध्यक्ष पाण्डेले मंसिरको तेस्रो साता (२३ र २४) काठमाडौंमा पूर्वाधार विकास मन्त्रालय, नेपाल निर्माण व्यवसायी महासंघ र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा हुन लागेको नेपाल पूर्वाधार सम्मेलनको महत्वबारे समेत भारतीय अधिकारीहरूलाई जानकारी गराउनेछन् । 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्