नेभिगेशन
नेपाल

खण्डहर बनेका प्रमुख राजनीतिक दलका मुख्यालय

भाद्र २३ र २४ गते काठमाडौंमा भएको जेन जी आन्दोलन र त्यस पछिको तोडफोड र आगजनीबाट देशको विभिन्न इतिहासिक संरचना लगायत भौतिक संरचनामा ठूलो क्षति पुग्यो । देशमा बढेको बेथिति, भ्रष्ट्राचारले गर्दा राजनीतिक दल र नेताहरुप्रतिको वितृष्णाले निम्त्याएको  परिणाम थियो जेन जी आन्दोलन ।

जसको फलस्वरूप आन्दोलनकारीहरुले तीन ठूला राजनीतिक दलका मुख्यालयमा तोडफोड सँगै आगजनी गरेका थिए । सानेपास्थित नेपाली कांग्रेसको मुख्यालय पूर्ण रुपमा ध्वस्त भएको छ । कार्यालयको प्रमुख प्रवेशद्वार देखि हरेक कोठामा आगजनी गरिएको थियो । नेपाली कांग्रेसले आजबाट देशभरी भएको प्रदेश कार्यालय र जिल्ला कार्यालयमा भएको क्षतिको विवरण संकलन गर्न लागेको हो ।

जेन जी आन्दोलन नेकपा एमालेको च्यासलस्थित मुख्यालय पनि खण्डहर बनेको छ । आन्दोलनकारीले गरेको तोडफोड र आगजनीबाट मुख्यालयका अधिकांस संरचना खरानी भएका छन् । सोमबार एमालेका महासचि शंखर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेताहरु पार्टी मुख्यालयमा पुगी कम्युनिस्ट पार्टीको झण्डा राखेका थिए ।

पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पनि जेन जी आन्दोलनबाट ध्वस्त भएको छ । आन्दोलनकारीले गरेको तोडफोड र आगजनीबाट कार्यालयको अधिकांस संरचना जलेर नष्ट भएका छन् ।

DSC00319-1757999569.JPG

DSC00326-1757999569.JPG

DSC00290-1757999567.JPG

DSC00292-1757999567.JPG

DSC00297-1757999568.JPG

DSC00302-1757999568.JPG

DSC00287-1757999567.JPG

DSC00288-1757999567.JPG

DSC00273-1757999565.JPG

DSC00278-1757999566.JPG

DSC00282-1757999566.JPG

DSC00267-1757999565.JPG

DSC00268-1757999565.JPG

DSC00270-1757999565.JPG

- तस्विर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्