नेभिगेशन
अर्थतन्त्र

सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड !

काठमाडौँ, ३१ भदौ — नेपाली बजारमा सुनको मूल्य आज ऐतिहासिक उचाइमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला २ लाख १५ हजार २०० मा कारोबार भएको सुन आज १ हजार ९०० रुपैयाँले बढेर २ लाख १७ हजार १०० मा पुगेको हो । यो हालसम्मकै उच्च दर मानिएको छ ।

चाँदीको मूल्य पनि उकालो लागेको छ । आज प्रतितोला २० रुपैयाँले बढ्दै २ हजार ५९५ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस करिब ३ हजार ६८३ अमेरिकी डलरमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्