नेभिगेशन
नेपाल

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौँ, ३१ भदौ - गृह मन्त्रालयले असोज १ गते बुधबार नेपालभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेहरुको सम्झना र सम्मानस्वरूप सरकारले राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को भदौ ३० गतेको निर्णय अनुसार बिदा दिने जानकारी गराएका हुन् । विज्ञप्तिमा भनिएको छ, “जेनजी पुस्ताद्वारा भदौ २३ र २४ गते आयोजित प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सबै सरकारी कार्यालय, विदेशस्थित दूतावास तथा नियोगमा सार्वजनिक बिदा दिइनेछ ।”

सो दिन देशभरका सरकारी कार्यालय बन्द रहनेछन् भने विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा पनि कामकाज स्थगित हुनेछन् । सबै सार्वजनिक निकायमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।

सरकारले राष्ट्रिय शोक दिवसका दिन मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्न नागरिकलाई अपिल गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्