नेभिगेशन
राजनीति

एमाले–नेकपामा सत्ता सहकार्यका आधार तय

काठमाडौं । एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सन्दर्भमा भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न मन्त्रालय बाँडफाँटको प्रस्तावित आधार तय भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा जारी विज्ञप्तिमा प्रदेश सरकार गठन गर्दा सम्बन्धित प्रदेशसभामा सामान्यतया प्रत्येक दलको सिट संख्यालाई मुख्य आधार मानिने जनाइएको छ । मन्त्रालय बाँडफाँट गर्दा भने सामान्यतया दलहरूको प्रदेशसभा सदस्य संख्याको अनुपातलाई आधार बनाइने प्रस्ताव गरिएको छ । मुख्यमन्त्री तथा सभामुखको जिम्मेवारीलाई समेत शक्ति सन्तुलनमा गणना गरिने उल्लेख छ ।
मन्त्रालय बाँडफाँटमा पालैपालो प्राथमिकता दिने व्यवस्था अपनाइने प्रस्ताव छ । जसअनुसार पहिलो मन्त्रालय मुख्यमन्त्रीको जिम्मेवारी नलिने दलले छनोट गर्ने र दोस्रो मन्त्रालय मुख्यमन्त्री रहने दलले छनोट गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । त्यसपछि यही क्रम पालैपालो दोहो¥याउँदै सबै मन्त्रालयको बाँडफाँट गरिने जनाइएको छ । प्रदेशमा कांग्रेसले गठबन्धन तोड्ने निर्णय गरेसँगै यही साउन ९ गते दुई दलबीच प्रदेश सरकारहरूको नेतृत्वका सम्बन्धमा शीर्ष तहमा सहमति भएको थियो । ओली र प्रचण्डबीच सहमति बने पनि सबै प्रदेशमा पर्याप्त मत र असन्तुष्टि सम्बोधनमा समस्या हुँदा सरकार गठनमा ढिलाइ भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्