नेभिगेशन
राजनीति
कांग्रेस १५औँ महाधिवेशन

केन्द्रीय कार्यतालिका यथावत्, तल्लो तहको अधिवेशनमा हेरफेर गरिँदै

काठमाडौं । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने गरी तयारी तीव्र पारेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तावित असोज १६ देखि १९ गतेसम्मको महाधिवेशनको मितिलाई यथावत् राख्ने सहमति जुटेको छ।
यद्यपि, प्राविधिक र व्यवस्थापकीय तयारीलाई चुस्त बनाउन तल्लो तहका अधिवेशनहरूको कार्यतालिकामा भने केही परिमार्जन गर्ने विषयमा छलफल सुरु भएको छ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी महामन्त्री प्रदीप पौडेलले केन्द्रीय महाधिवेशनको मूल कार्यतालिकालाई असर नपर्ने गरी स्थानीय तहका अधिवेशनहरूको मिति सामान्य हेरफेर गर्न लागिएको जानकारी दिए। महामन्त्री पौडेलका अनुसार, निर्धारित समयमै भव्य रूपमा महाधिवेशन सम्पन्न गर्नका लागि तल्लो तहका निर्वाचन प्रक्रियालाई थप व्यवस्थित बनाउन यो कदम चाल्न लागिएको हो।
कांग्रेसले केन्द्रीय महाधिवेशनको मिति नसार्ने दृढता देखाएसँगै पार्टीभित्र आन्तरिक निर्वाचनको माहोल तातेको छ। सानेपा बैठकमा केन्द्रीय नेताहरूले सांगठनिक सुदृढीकरण र महाधिवेशन केन्द्रित अन्य प्राविधिक तयारीबारे समेत गहन छलफल गरिरहेका छन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्