नेभिगेशन
अर्थतन्त्र

विद्युत् प्राधिकरणको मन्त्री कार्यकक्ष बन्द

काठमाडौं (संवाददाता) – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा बनाइएको मन्त्रीको कार्यकक्ष बन्द गर्न निर्देशन दिएका छन् । मन्त्री घिसिङले मंगलबार रत्नपार्कस्थित प्राधिकरण कार्यालयमा बनाइएको मन्त्री कार्यकक्ष बन्द गर्न निर्देशन दिएका हुन् ।

विद्युत् प्राधिकरणमा पूर्वऊर्जामन्त्री दीपक खड्काले आफ्ना लागि कार्यकक्ष बनाएका थिए ।
खड्काले विद्युत् प्राधिकरणका काम कारबाहीमा प्रत्यक्ष हस्तक्षेप गर्ने उद्देश्यले प्राधिकरणको अध्यक्ष बस्ने ठाउँ नभएको भन्दै आफ्ना लागि कार्यकक्ष बनाएका थिए ।

घिसिङले ऊर्जा मन्त्रीका लागि बनाइएको कार्यकक्षलाई बन्द गरी विद्युत् प्राधिकरणकै प्रयोजनका लागि उपयोगमा ल्याउन भनेका छन् । अन्तरिम सरकारको मन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै घिसिङले अनावश्यक भौतिक संरचना र कार्यालय व्यवस्थापनलाई व्यवस्थित गर्ने अभियान थालेका छन् । 

पूर्वमन्त्री खड्काले ऊर्जा मन्त्री विद्युत् प्राधिकरण सञ्चालक समितिको अध्यक्ष रहने हुँदा बस्ने ठाउँ चाहियो भन्दै कार्यालय स्थापना गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्