नेभिगेशन
प्रदेश

लुटपाटमा संलग्नलाई खोजी सुरु

मोरङ, ३१  भदौ - जेनजी आन्दोलनका क्रममा भएको आगजनी र लुटपाटमा संलग्नहरूलाई विराटनगर प्रहरीले खोजी तीव्र पारेको छ । प्रहरीको लुटिएका सामान फिर्ता गर्न आह्वान गरेपछि सर्वसाधारणले फिर्ता गर्न थालेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता प्रहरी नायब उपरीक्षक कोपिला चुडालका अनुसार हालसम्म १६ थान ब्याट्री, १२ थान ल्यापटप, १७ वटा मोटरसाइकल र स्कुटर, इन्वर्टर, फ्रिज, एसी, कुर्सी–सोफा, कम्प्युटर सीपीयु, टी–टेबललगायतका सामग्री बरामद गरिएको बताइन् ।

उनका अनुसार प्रहरीले सर्वसाधारणलाई आन्दोलनका क्रममा जानी–नजानी सरकारी वा निजी कार्यालयबाट सामान लिएर आएको भए फिर्ता गर्न आग्रह गरेको र सोही आधारमा नागरिक स्वयंले समेत सामान बुझाउन थालेका बताइन । उनले उपकरण बरामद प्रहरीको आह्वानपछि नागरिक स्वयंले बुझाउन थाले सामान मुचुल्का उठाइ कार्यालयका दाबीअनुसार फिर्ता गरिने सामान फिर्ता नगरे उजुरीका आधारमा कानूनी कारबाही गरिने बताइन् ।

मोरङमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेशसभा भवन, अदालत, विभिन्न सरकारी कार्यालय तथा निजी घरमा भएको आगजनी र लुटपाटमा संलग्नको फोटो, भिडियो उपलब्ध गराउन प्रहरीले अगाडि बढाएको अभियानमा सर्वसाधारणबाट निकै सूचनाहरू प्राप्त भएका छन् ।

संघीय सरकारका २१ कार्यालय, प्रदेश सरकारका १४ कार्यालय, स्थानीय तहका १० पालिका भवन, ५८ वटा वडा कार्यालय, १५ वटा निजी घर, ३ वटा व्यापारिक भवन, ८ वटा पाटी कार्यालय र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका २१ पोष्टमा क्षति पुगेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्